शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • टाटा ग्रीन टू ह्विलर्स ब्याट्रीको आधिकारिक वितरकमा स्याकार ट्रेडिङ

टाटा ग्रीन टू ह्विलर्स ब्याट्रीको आधिकारिक वितरकमा स्याकार ट्रेडिङ

नेपालको लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीलाई नै टाटा ग्रीन टू ह्विलर्स ब्याट्रीको आधिकारिक वितरक नियुक्त गरिएको छ। टाटा अटो कम्पनीले यो ब्याट्री उत्पादन गर्छ।
 |  शुक्रबार, साउन ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ६, २०७९

काठमाडौं– नेपालको लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीलाई नै टाटा ग्रीन टू ह्विलर्स ब्याट्रीको आधिकारिक वितरक नियुक्त गरिएको छ। टाटा अटो कम्पनीले यो ब्याट्री उत्पादन गर्छ। 

सो अवसरमा टाटा ग्रीन ब्याट्रिजका सीईओ रवि गुप्ताले टु ह्विलर्समा टाटा ग्रीन ब्याट्री भारतका ठूला बिक्रेतामध्ये एकमा पर्ने बताए। जसले होण्डा मोटरसाइकल तथा स्कुटर, टीभीएस, जाभा, सुजुकी लगायत सवारीका लागि ब्याट्री आपूर्ति गर्छ। नेपालमा स्याकर ट्रेडिङजस्तो प्रचलित कम्पनीसँगको सम्बन्धले टाटा ब्याट्रिजको उन्नतिलाई बढाउन अझै सहायता दिने गुप्ताले बताए।

स्याकर ट्रेडिङका अध्यक्ष सौरभ ज्योतिले व्यवसायको एक प्रमुख ब्राण्ड टाटासँग सहकार्यपछि १५० बिक्रेताको सञ्जाल पहुँचमार्फत देशको कुना कुनामा टाटा ग्रीन ब्याट्री पुर्‍याइने बताए।

प्रकाशित: Jul 22, 2022| 15:19 शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्