शनिबार, असोज १०, २०८३

टाटा र होण्डाबीच सहकार्य

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीलाई टाटा ग्रीन ब्याट्रीको आधिकारिक बिक्रेताको रूपमा नियुक्त गरिएको छ।
 |  बिहीबार, साउन ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ५, २०७९

काठमाडौं– नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीलाई टाटा ग्रीन ब्याट्रीको आधिकारिक बिक्रेताको रूपमा नियुक्त गरिएको छ। 

बिहीबार एक कार्यक्रम गरी स्याकार ट्रेडिङ कम्पनीलाई टाटा ग्रीन ब्याट्रीको आधिकारिक बिक्रेताको रूपमा नियुक्त गरिएको हो। टाटा ग्रीन ब्याट्री टाटा अटोकम्प जिवाई ब्याट्री कम्पनीले उत्पादन गर्छ। यो कम्पनी भारतको अटोमोटिभ र दुई वाट ब्याट्री उत्पादक मध्ये एक हो। 

स्याकार कम्पनीले विगत ५५ वर्षदेखि नेपालमा होण्डाका दुई पाङ्ग्रे, चार पाङ्ग्रे, पावर प्रोडक्टस्को नेपालमा बिक्री(वितरण गर्दै आइरहेको छ। यसले एक सय ५० भन्दा बढी डिलर्सबाट सेवा दिइरहेको छ।


प्रकाशित: Jul 21, 2022| 18:08 बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्