काठमाडौं– आइएमई लाइफ इन्स्योरेन्स कम्पनीलाई रेटिङ एजेन्सी केयर नेपालले ‘केयरएनपी ट्रिपल बी’ रेटिङ प्रदान गरेको छ।
उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँछ। कम्पनीले आफ्ना लगानीकर्ताहरु तथा सम्पूर्ण हितकारीहरुको सुरक्षाको निम्ती सबै जोखिमहरुलाई न्यूनीकरण गर्दै लगेको रेटिङले थप पुष्टि गरेको छ। आगामी दिनमा कम्पनीले आफ्ना परिसूचकहरु अझ सशक्त गर्दै लैजाने जनाएको छ।
कम्पनीले १४० वटा शाखा कार्यालयबाट बीमितहरुलाई सेवा दिँदै आएको छ। कम्पनीमा २७ हजारभन्दा धेरै अभिकर्ताहरु आबद्ध रहेका छन्। कम्पनीले नवीनतम सेवा उपलब्ध गराउँदै जाने क्रममा कम्पनीको वेबसाइट र मोबाइल एपमा राखिएको च्याटबोट मार्फत बीमित तथा अभिकर्ताहरुका लागि उपयोगी हुने विविध सेवा तथा सूचनाहरु प्रदान गर्दै आएको जनाएको छ।