शुक्रबार, असार ५, २०८३

गोल्डेन ओक कृति अवार्ड २६ भदौमा हुने

नेपाल विज्ञापन संघ (आन) ले २०६० सालदेखि सुरु गरेको कृति अवार्ड यस वर्ष आगामी भदौ २६ गते हुने भएको छ। विज्ञापनमा सिर्जनशीलतालाई सम्मान गर्ने उद्देश्यले कृति अवार्ड हुँदै आएको छ।
 |  बिहीबार, साउन ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ५, २०७९
National life
Shivam cement

काठमाडौं– नेपाल विज्ञापन संघ (आन) ले २०६० सालदेखि सुरु गरेको कृति अवार्ड यस वर्ष आगामी भदौ २६ गते हुने भएको छ। विज्ञापनमा सिर्जनशीलतालाई सम्मान गर्ने उद्देश्यले कृति अवार्ड हुँदै आएको छ। 

एक समारोहका बीच कृति अवार्डको १२ औं संस्करणको मिति तय भएको हो। यस वर्षको कार्यक्रमको टाइटल स्पोन्सर हिमालयन डिस्टिलरीको गोल्डेन ओक ब्राण्ड रहेको छ। टाइटल स्पोन्सरका सम्बन्धमा आनका तर्फबाट अध्यक्ष सोमप्रसाद धिताल र जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशीन जोशीले हस्ताक्षर गरे। आनले हरेक वर्ष आयोजना गर्दै आएको उक्त कार्यक्रम कोभिड १९ महामारीका कारण विगत २ वर्ष हुन सकेको थिएन।

गोल्डेन ओक १२औं कृति अवार्डसमा २०७६ वैशाख १ देखि २०७८ चैत मसान्तसम्म गरिएका विज्ञापन तथा प्रवर्द्धनात्मक रचना तथा कामहरुलाई समावेश गरिने छ। संघका सदस्य एजेन्सीहरुले २०७९ साउन ५ गतेदेखि भदौ ४ गतेसम्म मनोनयन दर्ता गराउन सक्ने आनले जनाएको छ। यो अवार्डमा विभिन्न ३१ विधामा पुरस्कार प्रदान गरिनेछ।

प्रकाशित: Jul 21, 2022| 12:39 बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्