शुक्रबार, असार ५, २०८३

ग्वार्को कम्प्लेक्समा बिग डिजिटल स्टोर

नेपालकै सबैभन्दा ठूलो मल्टीब्राण्ड सपिङ स्टोर बिग डिजिटल बुधबारदेखि सञ्चालनमा आएको छ।
 |  बिहीबार, साउन ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ५, २०७९

काठमाडौं– नेपालकै सबैभन्दा ठूलो मल्टीब्राण्ड सपिङ स्टोर बिग डिजिटल बुधबारदेखि सञ्चालनमा आएको छ। नायिका तथा स्टोरकी ब्राण्ड दूत स्वस्तिमा खड्काले ललितपुरको ग्वार्कोमा अवस्थित ग्वार्को कम्प्लेक्समा अवस्थित स्टोरको एक समारोह बीच उद्घाटन गरेकी हुन्।

National life

समारोहमा बोल्दै नायिका खड्काले बिग डिजिटलले उच्च गुणस्तरको उत्पादनहरु ग्राहकलाई पस्कँदै निरन्तर प्रगतिको शिखरहरु आरोहण गर्दै जाओस् भन्ने शुभकामना व्यक्त गरिन्। त्यसैगरी बिग डिजिटलका कार्यकारी प्रमुख अधिकृत विक्रमेश ओझाले अन्तर्राष्ट्रियस्तरका विविध ब्राण्डहरु सहज र सरल ढंगले नेपाली ग्राहकहरुलाई उपलब्ध गराउने ध्येयले यस स्टोरको स्थापना गरिएको बताए।

‘नेपाली ग्राहकहरुको बदलिँदो इच्छा एवं आकांक्षालाई परिपूर्ति गर्दै बिग डिजिटलले नेपालको सपिङ क्षेत्रमा नै नयाँ मापदण्ड सिर्जना गर्नेमा हामी विश्वस्त छौं,’ उनले भने। यस सपिङ स्टोरमा ९० भन्दा बढी अन्तर्राष्ट्रिय ब्राण्डका घरायसी सामग्री, मोबाइल फोन, ल्यापटप, टिभी र वाद्यवादन लगायतका उत्पादनहरु उपलब्ध छन्।

ग्राहकहरुले खरिद गर्दा लक्की ड्र मार्फत विभिन्न आकर्षक उपहारहरुको अलावा १०० प्रतिशत नगद फिर्ता पनि प्राप्त गर्न सक्नेछन्। त्यसैगरी उनीहरुले खरिद गरेको समानको घरमा निःशुल्क डेलिभरी र जडानको सुविधा पनि पाउनेछन्।

बिग डिजिटलको काठमाडौं उपत्यकाका थप ४ स्थानमा नयाँ स्टोरहरु विस्तार गर्ने योजना बनाएको छ। यस्तै मुलुकका सातै  प्रदेशमा स्टोर स्थापना गर्नु कम्पनीको दीर्घकालीन योजना रहेको छ।

Shivam cement

प्रकाशित: Jul 21, 2022| 12:31 बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्