शनिबार, असोज १०, २०८३

एक हजारले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ५०० छ।
 |  बिहीबार, साउन ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ५, २०७९

काठमाडौं- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजारले ओरालो लागेर ९३ हजार तोकिएको छ। उक्त सुन अघिल्लो दिन प्रतितोला ९४ हजारमा कारोबार भएका थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ५०० छ। उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९३ हजार ५०० थियो।     

त्यस्तै बिहीबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० ले घटेर एक हजार १५५ तोकिएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।

प्रकाशित: Jul 21, 2022| 12:31 बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्