शनिबार, असोज १०, २०८३

फर्निचर एक्स्पो भदौ अन्तिम साता

आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो–२०२२ भदौ अन्तिम साता हुने भएको छ। कोभिड १९ ले उत्पन्न महामारीका कारण पछिल्ला दुई वर्ष आयोजना हुन नसकेको एक्स्पो अगामी भदौ २३ देखि २७ सम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।
 |  बिहीबार, साउन ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ५, २०७९

काठमाडौं– आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो–२०२२ भदौ अन्तिम साता हुने भएको छ। कोभिड १९ ले उत्पन्न महामारीका कारण पछिल्ला दुई वर्ष आयोजना हुन नसकेको एक्स्पो अगामी भदौ २३ देखि २७ सम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना तथा इभेन्ट सोलुसन प्रालिको व्यवस्थापनमा एक्स्पो आयोजना हुन लागेको हो। एक्स्पोले चलायमान हुन खोजिरहेको अर्थतन्त्रमा टेवा पु(याउने विश्वास आयोजकको छ। संघका अध्यक्ष शुभेन्द्र जोशीका अनुसार झण्डै डेढ वर्ष फर्निचर व्यवसाय ठप्प प्रायः अवस्थामा रहेर अहिले सामान्य अवस्थामा फर्किरहेको छ।

‘यो अवस्थामा एक्सपोले व्यवसायी र उपभोक्तालाई उचित प्लेटफर्मको भूमिका निर्वाह गर्नेछ,’ जोशीले भने,  ‘यति मात्र नभई एक्स्पोले आर्थिक क्रियाकलाप चलायमान बनाउन पनि योगदान पुर्याउने विश्वास लिएका छौं।’

प्रकाशित: Jul 21, 2022| 12:22 बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्