काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि र्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ६९ पैसा र बिक्री दर १२८ रुपैयाँ २९ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १३० रुपैयाँ १४ पैसा र बिक्री दर १३० रुपैयाँ ७५ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५३ रुपैयाँ र बिक्री दर १५३ रुपैयाँ ७२ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ६१ पैसा र बिक्री दर १३२ रुपैयाँ २२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ १३ पैसा र बिक्री दर ८८ रुपैयाँ ५५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ १३ पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ ५९ पैसा छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ २४ पैसा र बिक्री दर ९ रुपैयाँ २८ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९० पैसा र बिक्री दर १८ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ९९ पैसा र बिक्री दर ३४ रुपैयाँ १५ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ०७ पैसा र बिक्री दर ३५ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८२ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७४ पैसा र बिक्री दर ९ रुपैयाँ ७८ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। -यस्तो छ आजको विनिमय दर