शुक्रबार, असार ५, २०८३

तिलिचो तालसम्म पुग्दैछ बिजुली

हिमाली जिल्ला मनाङको ३३ केभी स्यार्कु सबस्टेसनले तिलिचो तालमा विद्युत् पुर्‍याउने भएको छ।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९

मनाङ- हिमाली जिल्ला मनाङको ३३ केभी स्यार्कु सबस्टेसनले तिलिचो तालमा विद्युत् पुर्‍याउने भएको छ। विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल वेस क्याम्प र थोराङ्ला हाई क्याम्पसम्म चालु आर्थिक वर्ष २०७९/८० मा केन्द्रीय लाइनको विद्युत् पुर्‍याइने भएको हो।

National life

गत वर्ष बाढीपहिराले क्षति पुर्‍याएको राष्ट्रिय प्रसारण लाइनको मर्मत सकिएर चार्ज भएको नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख मिलन सुवेदीले जानकारी दिए। विद्युत् प्राधिकरणले तिलिचो तालसम्म विद्युत् पुर्‍याउने योजना पूरा गर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार हालै मात्र पोल, तारलगायत सबस्टेशनमा चार्ज भएपछि विद्युत् सेवा प्रवाह भएको छ। 

'क्षति पुगेको एक वर्षपछि मर्मत भएपछि नेपाल विद्युत् प्राधिकरणको ३३ केभी सबस्टेशनमार्फत सेवा प्रवाह गरिएको छ। अब मनाङवासीलाई विद्युत्को पहुँचमा पुर्‍याउन सफल हुनेछौँ,' सुवेदीले भने। गत वर्षको बाढीपहिराले बिजुलीको पोल, तार पुरिनाका साथै बाढीले क्षति पुर्‍याएपछि जिल्लामा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो।

'नेपाल विद्युत् प्राधिकरणको ३३ केभी सबस्टेशनमा चार्ज भएको छ। अबदेखि निरन्तर विद्युत् सेवा प्रवाह हुन्छ,' उनले भने। लघु जलविद्युत्को भरमा रहेको हिमाली जिल्ला मनाङमा राष्ट्रिय प्रसारण लाइनबाट पहिलो पटक चामे सदरमुकामसम्म विद्युत् सेवा प्रवाह भएको थियो। जिल्लामा पहिलो पटक विसं २०७७ मा केन्द्रीय प्रसारण लाइन जोडिएको थियो। 

राष्ट्रिय प्रसारण लाइनसहित अन्य लघु जलविद्युत्मा समेत बाढीपहिराले क्षति पुर्‍याउँदा मनाङ एक वर्षदेखि टुकीको भरमा छ। बाढीपहिराले प्रसारण लाइनमा रु साढे तीन करोडको क्षति पुर्‍याएको थियो। विसं २०७७ को फागुनमा पहिलो पटक नेपाल विद्युत् प्राधिकरणको ३३ केभीको राष्ट्रिय प्रसारण लाइन मनाङ विद्युत् सेवा प्रवाह भएको थियो। तर केन्द्रको लाइन प्रसारण भएको पाँच महिनामा नै बाढीपहिराले क्षति पुर्‍यायो। 

Shivam cement

हिमाली जिल्ला मनाङ विकट भएकाले पनि मर्मत कार्यमा अलि बढी ढिलाइ भएको प्रमुख सुवेदीले जानकारी दिए। राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा प्रवाह भएसँगै अब जिल्लामा सरकारी कार्यालयका साथै यस प्रसारण लाइनको विद्युत् सेवा जडान भएका क्षेत्रमा सहज रुपमा विद्युत् प्रवाह भएको छ। जिल्ला अस्पताल मनाङमा विद्युत् अभावका कारण विभिन्न उपकरण सञ्चालन हुन सकेका थिएनन्। विद्युत् प्रवाह हुन थालेपछि अस्पतालको सेवामा सहज हुने विश्वास लिइएको छ।

प्रकाशित: Jul 20, 2022| 19:12 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्