शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ओमनबाट लगानी र पर्यटक भित्र्याउन राजदूतलाई चेम्बरको आग्रह

ओमनबाट लगानी र पर्यटक भित्र्याउन राजदूतलाई चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी र पर्यटक ल्याउन ओमानका लागि नेपाली नवनियुक्त राजदूतसमक्ष आग्रह गरेको छ।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९
National life
Shivam cement

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी र पर्यटक ल्याउन ओमानका लागि नेपाली नवनियुक्त राजदूतसमक्ष आग्रह  गरेको छ। चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले ओमानका लागि नवनियुक्त राजदूत डोरनाथ अर्यालसँग भेट गरी नेपालमा लगानी र पर्यटक भित्र्याउनका लागि पहल गर्न आग्रह गरेका हुन्। 

अध्यक्ष मल्लले आर्थिक हिसाबले सम्पन्न मुलुक ओमानमा झन्डै २० हजार नेपाली कार्यरत रहेकाले रोजगारीमा गएका प्रत्येक नेपालीले एक जना ओमानी नागरिक भित्र्याउन पहल गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। ओमानसँग नेपालको कूटनीतिक सम्बन्ध निकै पुरानो रहे पनि उच्चस्तरीय भ्रमण हुन नसकेकाले पर्यटक आकर्षित गर्न नसकिएको अध्यक्ष मल्लको भनाइ थियो।

अध्यक्ष मल्लले ओमानबाट मासिक रु दुई अर्ब रेमिट्यान्स आइरहेको भन्दै नेपाली श्रमिकले पठाउने रेमिट्यान्सको निश्चित रकम पूर्वाधार विकास कोषमा राख्नुपर्ने व्यवस्थाका लागि राजदूत अर्यालको ध्यानाकर्षण गराए। भेटमा राजदूत अर्यालले ओमानबाट पर्यटक भित्र्याउन तथा वैदेशिक लगानी आफ्नो मुख्य प्राथमिकता रहेको बताए। राजदूत अर्याल कार्यभार सम्हाल्नका लागि बिहीबार ओमान जाँदै छन्।

प्रकाशित: Jul 20, 2022| 19:01 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्