आइतबार, वैशाख १६, २०८१

फिरौती माग्‍न साथीको छोरी अपहरण

फोनबाट कुराकानी बाक्लिँदै गएपछि उनीहरुको भेटघाट हुन्छ। भेटघाटका क्रममा अनुलाई दिपेनले सबै कुरा सुनाउँछन्। उनले आफ्नी श्रीमती अध्ययनको सिलसिलामा काठमाडौंमा बस्ने गरेको र आफूसँग एक बच्चासमेत रहेको अनुलाई सुनाउँछन्।
 |  बुधबार, साउन ४, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बुधबार, साउन ४, २०७९

विराटनगर– विराटनगरबाट अपहरणमा परेकी एक वर्षीया बालिकालाई प्रहरीले ४८ घण्टापछि भारतको विहार दरभङ्गाबाट सकुशल उद्धार गरेको छ। सोमबार बिहान विराटनगर रोडशेष चोकबाट अपहरणमा परेकी बालिकालाई नेपाल भारतको बोर्डर एरियाबाट बुधबार बिहान सकुशल उद्धार गरी घटनामा संलग्न अनु साह र रवीन्द्र साहलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ। 

triton college

कसरी भयो बालिकाको अपहरण?

करिब दुई महिनाअघि मोरङको बुढीगंगाका दिपेन यादवलाई अपरिचित नम्बरबाट फोन आयो। फोनमा सामान्य कुराकानी भयो। विस्तारै फोन आउने क्रम बाक्लिँदै जान्छ। उनलाई फोन गर्ने व्यक्ति विराटनगर–५ कारखाना टोल बस्ने २७ वर्षीय अनु साह हुन्छिन्। 

फोनबाट कुराकानी बाक्लिँदै गएपछि उनीहरुको भेटघाट हुन्छ। भेटघाटका क्रममा अनुलाई दिपेनले सबै कुरा सुनाउँछन्। उनले आफ्नी श्रीमती अध्ययनको सिलसिलामा काठमाडौंमा बस्ने गरेको र आफूसँग एक बच्चासमेत रहेको अनुलाई सुनाउँछन्। दिपेनसँगको नियमित फोन सम्पर्क र भेटघाटपछि उनले छोरी हेर्ने रहर गर्छिन्। अनुले कर गरेपछि सोमबार बिहान दिपेनले आफ्नो कारमा १ वर्षकी छोरी निशिकालाई हाली घरबाट निस्कन्छन्। दुवैजनाको भेट विराटनगर रोडशेष नजिकको स्वागतम होटल नजिक हुन्छ।

अनुलाई कारमा चढाएर उनीहरु महेन्द्र मोरङ क्याम्पस जाने रोडतर्फ लाग्छन्। कारमा बसेकै समयमा अनुले आफूसँग ल्याएको बच्चाको कपडा फेरिदिन्छिन् र पुरानो कपडा आफूसँगै राख्छिन्। बच्चालाई पनि उनले आफ्नै साथमा राख्छिन्। कारबाट ओर्लंदा पनि उनले छोड्दिनन्। महेन्द्र मोरङ क्याम्पस नजिकको चिया पसल पुगेपछि दिपेनले दुई कप चिया अर्डर गर्छन्। अनुले चिया खान मान्दिनन्। उनले मास्क पनि खोल्दिनन्। बच्चालाई साथमै राखेकी उनले केही बेरपछि फोन गर्नका लागि भन्दै दिपेनसँग मोबाइल माग्छिन् र बाहिर निस्कन्छिन्। 

corrent noodles
Metro Mart

मोबाइल लिएर बाहिर निस्कँदा सोही स्थान नजिकै घटनाको मुख्य योजनाकार विराटनगर–६ रामपुरका २७ वर्षीय रवीन्द्रकुमार साह मोटरसाइकलमा तयारी अवस्थामा हुन्छन्। उनी पहिलेदेखि नै सो स्थानमा मोटरसाइकल लिएर अनु र बच्चालाई लिनका लागि तयार भई बसेका हुन्छन्। बच्चासहित दुवैजना प्र.०१–०२०४६ प ७४१० नम्बरको मोटरसाइकल चढी सुनसरीको दुहवी, इनरूवा, सप्तरीको राजविराज हुँदै कुनौली नाका पुग्छन्।

कुनौली पुगेपछि मुख्य योजनाकार रवीन्द्रले भारतीय गाडी रिजर्भ गरी दरभंगा पठाई उनी विराटनगर फर्कन्छन्। उनी विराटनगर फर्किएलगत्तै अनु साहको मोबाइलमार्फत बालिकाका हजुरबुबा दीपक यादवलाई फेसबुक लगायत सामाजिक सञ्जालमा बालिका हराएको कुरा पोस्ट गरेको भन्दै हटाउन धम्की दिन्छन्। अपहरित बालिकाबारे भोलि फोन आउछ, शान्त भएर बस्न भन्दै म्यासेज पठाउँछन्।

रवीन्द्रले अनुको मोबाइलबाट म्यासेज गरेपछि अपहरणकारी नजिक पुग्न प्रहरीलाई सजिलो भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। प्रहरीको प्राविधिक टोलीले मोबाइलमा पठाइएको एसएमएसका आधारमा रवीन्द्रलाई पक्राउ गरेपछि बालिका दरभंगामा पुर्याइएको थाहा भएको मोरङ प्रहरीका प्रमुख एसपी शान्तिराज कोइरालाले बताए। उनका अनुसार भारतीय प्रहरीसँग समन्वय गरी दरभंगा प्रहरीले अनुलाई बालिकासहित पक्राउ गरेर जोगबनी नाकासम्म ल्याइदिएको थियो।

बालिकाको अपहरण गरेर बुवा दीपेन तथा हजुरबुवा दीपक यादवसँग १०–१५ लाख रूपैयाँ फिरौती माग्ने योजना बनाएको पाइएको एसपी कोइरालाले बताए। 

मुख्य योजनाकार रवीन्द्र को हुन्?

रवीन्द्र दिपेनका सानैदेखिका साथी हुन्। आर्थिक अवस्था मजवुत भएका दिपेनको घर नजिकै बुढीगंगा १ मा रवीन्द्रले श्रीराम ट्रेडर्स पसल सञ्चालन गरेका छन्। सामान्य आम्दानी गर्दै आएका रवीन्द्रले पैसाको लोभमा परेर दीपेनसँग पैसा असुल गर्न आफ्नी प्रेमिका अनुलाई प्रयोग गर्छन्। तीन वर्षदेखि प्रेममा रहेका उनले अनुमार्फत फोन गर्न लगाएर दिपेनसँग नजिक बनाएर बालिका अपहरणको योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।  

मुलुकी फौजदारी अपराध संहिता २०७४ अनुसार सो कसुर स्थापित भए पीडकलाई सातदेखि १० वर्षसम्म कैद हुनसक्ने कानुनी प्रावधान छ। 


प्रकाशित: Jul 20, 2022| 18:15 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।