शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा छिट्टै : मन्त्री श्रेष्ठ

पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा छिट्टै : मन्त्री श्रेष्ठ

पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायबाट पर्यटन पुनरुत्थानका लागि आएका सुझावका आधारमा पुनरुत्थान कार्यक्रम घोषणा गर्ने तयारीमा सरकार।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९

काठमाडौं– कोरोना महामारीले थलिएको पर्यटन उद्योग सुधार्न छिट्टै पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा गरिने पर्यटनमन्त्री जीवनराम श्रेष्ठले बताएका छन्।

National life

उद्योग वाणिज्य महासंघले आयोजना गरेको सिमफोजिम पार्टनरसिप रेजिलेन्ट टुरिजम कार्यक्रममा मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायबाट पर्यटन पुनरुत्थानका लागि आएका सुझावका आधारमा पुनरुत्थान कार्यक्रम घोषणा गर्ने तयारीमा रहेको जानकारी दिएका हुन्।

‘कोरोनाबाट थला परेको पर्यटन पुनरुत्थानका लागि पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवालासँगको छलफलपछि तयार गरेको पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा गर्दै छौं,’ उनले भने।

पुनरुत्थान कार्यक्रम घोषणापछि पर्यटन क्षेत्रको सुधार र पुनरुत्थापनमा सहज हुने उनले बताए। उनले पर्यटन पुनरुत्थान कार्यक्रम घोषणाले कोरोना महामारीबाट थला परेको पर्यटन उद्योगको सुधार हुने दाबी गरे। पर्यटन क्षेत्रको दिगो विकास गरी पर्यटकबाट बढीभन्दा बढी आयआर्जन गर्ने र रोजगारी सिर्जना कसरी गर्ने विषयमा मन्त्रालयले योजना बनाइरहेको उनको भनाइ छ।

प्रकाशित: Jul 20, 2022| 17:27 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्