शुक्रबार, असार ५, २०८३

पारित भयो ललितपुर महानगरको बजेट

महानगरको बजेटमा चक्रपथको ललितपुर खण्डमा स्मार्ट सडक बत्ती, साइकल लेन, पोखरी संरक्षण र पुनर्निर्माणलगायत योजनालाई प्राथमिकता।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९

काठमाडौं– ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड ३५ लाख ३ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ । महानगरको नगरसभाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि उक्त बजेट पारित गरेको हो ।

National life

महानगरले चालू वर्षका लागि स्थानीय तह निर्वाचन २०७९ पछि नगरसभामा सहजीकरण गर्न र योजना तर्जुमा प्रक्रियामा क्षेत्रगत संलग्नताको कानुनी व्यवस्थाबमोजिम सात वटा समिति गठन गरेको छ।

यस्तै, महानगरले अघिल्लो कार्यकालमा पूरा हुन बाँकी रहेका आयोजनालाई निरन्तरता दिने गरी प्राथमिकतामा राखेको छ। सांस्कृतिक नगर भएकाले महानगरभित्रका मूर्त र अमूर्त सम्पदा संरक्षणलाई उच्च प्राथमिकतामा राखिएको छ। चक्रपथको ललितपुर खण्डमा स्मार्ट सडक बत्ती, साइकल लेन, पोखरी संरक्षण र पुनर्निर्माणलगायत योजनालाई प्राथमिकता दिइएको छ।

महानगरले चालू आर्थिक वर्षमा केही नयाँ र पृथक कार्यक्रमसमेत कार्यान्वयनमा ल्याइने बताइएको छ। चालू आर्थिक वर्षका लागि ल्याइएको कुल बजेटमध्ये संघीय सरकारबाट सर्सत अनुदानबाट ३ अर्ब ९६ करोड रुपैयाँ जुटाइएको छ। प्रदेश सरकारबाट ६५ करोड ९४ लाख रुपैयाँ सर्सत अनुदान, २९ करोड ९८ लाख ४ हजार अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट लिइएको छ।

प्रकाशित: Jul 20, 2022| 16:57 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्