काठमाडौं- नागरिक लगानी कोषले सगरमाथा जलविद्युत कम्पनी लिमिटेडमा ५४ करोड ८८ लाख रुपैयाँ साधारण सेयरका रूपमा लगानी गर्ने भएको छ।
कोष र कम्पनीले बुधबार सय रुपैयाँ अंकित मूल्यमा ५४ लाख ८८ हजार कित्ता साधारण सेयर किन्ने प्रत्याभुति सम्झौतामा हस्ताक्षर गरेका हुन्।
सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलविद्युतको तर्फबाट डा भूषण गुरागाईंले हस्ताक्षर गरेका छन्।
कोषको प्रत्याभूतिसँगै आफूहरूलाई रकम जुटाउन सहयोग पुगेको कम्पनीका गुरागाईंले बताए।