शुक्रबार, असार ५, २०८३

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ६१ पैसा र बिक्री दर १२८ रुपैयाँ २१ पैसा कायम गरेको छ।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले बुधबारका लागि र्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ६१ पैसा र बिक्री दर १२८ रुपैयाँ २१ पैसा कायम गरेको छ। 

National life

युरो एकको खरिद दर १३० रुपैयाँ ८६पैसा र बिक्री दर १३१ रुपैयाँ ४७ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५३ रुपैयाँ ३९ पैसा र बिक्री दर १५४ रुपैयाँ ११ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ७३ पैसा र बिक्री दर १३२ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ०१ पैसा र बिक्री दर ८८ रुपैयाँ ४२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ छ। 

जापानी येन १० को खरिद दर ९ रुपैयाँ २७ पैसा र बिक्री दर ९ रुपैयाँ ३२ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९३ पैसा र बिक्री दर १९ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ९८ पैसा र बिक्री दर ३४ रुपैयाँ १४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ८८ पैसा र बिक्री दर ३५ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

Shivam cement

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८१ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७५ पैसा र बिक्री दर ९ रुपैयाँ ७९ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।  -यस्तो छ आजको विनिमय दर

प्रकाशित: Jul 20, 2022| 07:53 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्