शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिभिल सहकारीमा ६ अर्ब ठगी : इच्छाराजकी श्रीमती पनि पक्राउ

सिभिल सहकारीमा ६ अर्ब ठगी : इच्छाराजकी श्रीमती पनि पक्राउ

सिभिल सहकारी सेभिङ एन्ड को अपरेटिभ लिमिटेडमा बचतकर्ताको करिब ६ अर्ब ठगीको आरोपमा सिर्जना शाक्य तामाङ पक्राउ परेकी छन्।
 |  मंगलबार, साउन ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३, २०७९

काठमाडौं- सिभिल सहकारी सेभिङ एन्ड को अपरेटिभ लिमिटेडमा बचतकर्ताको करिब ६ अर्ब ठगीको आरोपमा सिर्जना शाक्य तामाङ पक्राउ परेकी छन्। सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङकी श्रीमती शाक्य फरार रहँदै आएकोमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार पक्राउ गरी सार्वजनिक गरेको हो। 

आकर्षक ब्याजदर एवं विभिन्न प्रलोभनमा पारी बचतकर्तालाई ५ अर्ब ८४ करोड ठगी आरोपमा सिर्जनाका पति इच्छाराज तामाङ पुर्पक्षका लागि कारागार चलान भएका छन्। तामाङ दम्पतिसहित १२ जनाविरुद्ध १ हजार ५३० जना पीडितले ठगी गरेको भन्दै उजुरी दिएका थिए। इच्छाराजसहित केशवलाल श्रेष्ठ कारागार चलान भइसक्दा पनि शाक्य भने फरार रहँदै आएकोमा पक्राउ गरिएको ब्युरोले जानकारी दिएको  छ।

सिर्जना सहकारीको लेखा समिति सदस्यसमेत थिइन्।५७ वर्षीया शाक्यलाई रामशाहपथबाट काठमाडौंबाट पक्राउ गरिएको हो।


प्रकाशित: Jul 19, 2022| 20:09 मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्