शुक्रबार, असार ५, २०८३

हुन्डाईको फिफा वर्ल्डकप २०२२ लक्षित क्याम्पेन सुरु

फिफा फुटबल विश्वकप–२०२२ लाई मध्यनजर गर्दै हुन्डाईले आफ्नो ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गत नयाँ अफर ल्याएको छ।
 |  मंगलबार, साउन ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३, २०७९

काठमाडौं– फिफा फुटबल विश्वकप–२०२२ लाई मध्यनजर गर्दै हुन्डाईले आफ्नो ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गत नयाँ अफर ल्याएको छ। यस अफरअन्तर्गत ग्राहकले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा कुनै पनि कार टेस्ट–ड्राइभ गरी फिफा विश्वकप–२०२२ प्रत्यक्ष हेर्न जाने मौका पाउनेछन्।

National life

साउन ३ गतेबाट सुरु भएको यस अफरमा नेपालभरका कुनै पनि व्यक्तिले आफ्नो ड्राइभिङ लाइसेन्स लिएर आधिकारिक हुन्डाई शोरुममा रेजिस्टर गरी सहभागी हुन सक्नेछन्। यो अफरको अन्त्यमा लक्की ड्रमार्फत दुईजना भाग्यशाली विजेताको छनोट गरिनेछ। प्रत्येक विजेताले उपहारस्वरूप आफूलाई मनपर्ने एकजना अर्को व्यक्तिसँग कतार गई विश्वकप लाइभ हेर्न पाउनेछन्। यसरी जम्माजम्मी चारजना हुन्डाईको स्पन्सरसिपमा कतार जान पाउनेछन्।

हुन्डाई मोटर्सको हस्पिटालिटी प्रोग्राममार्फत ल्याइएको यो अफर नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले संयोजन गरेको छ। अफरमार्फत कम्पनीले ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गत पर्यावरण दिगोपनका लागि हुन्डाईले गरेको प्रयासमा सबैलाई जोड्ने लक्ष्य राखेको छ। 

यसका साथै फुटबलको विश्वव्यापी आकर्षणका कारण फुटबलमार्फत पर्यावरणमैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गर्ने हेतुले पनि यो अफर ल्याइएको हो। लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरिका १७ डिलर र १९ सर्भिस सेन्टरमार्फत आफ्नो सेवा दिइरहेको छ।

प्रकाशित: Jul 19, 2022| 17:24 मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्