काठमाडौं– टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ टाटा विंगर बीएस ६ नेपाली बजारमा सार्वजनिक गरेको छ। ‘प्रिमियम टफ’ ढाँचामा तयार परिएको यस गाडी कार्गो कम्पनी, विद्यालय र ट्राभल एजेन्सी लगायत संस्थाका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ।
‘२.२ लिटरको डाइकोर इन्जिनजडित विंगर बीएस ६ को टर्क अत्यन्त प्रभावकारी छ,’ कम्पनीले भनेको छ, ‘इको स्विच एवम् गियर सिफ्ट एडभाइजरजस्ता विशेषताले गर्दा यस गाडीले कम इन्धन खपत गरी उत्कृष्ट कार्यक्षमता प्रदान गर्दछ।’ यसमा हाइड्रोलिक सक एब्जर्बर भएकाले आरामदायी यात्राको प्रत्याभूति गर्ने कम्पनीको भनाइ छ।
‘कमभन्दा कम खर्चमा व्यापाररव्यवसाय अभिवृद्धि गर्न चाहनेका लागि यो अत्यन्त उपयोगी छ,’ टाटा मोटर्सको कमर्सियल भेहिकल बिजनेस युनिटका अनुराग मेहताभने। गाडी चलाउँदा बाहिरको दृष्य प्रष्ट रुपमा हेर्न यसमा फायर डिटेक्सन तथा सप्रेसन सिस्टम एवम् फग ल्याम्पको व्यवस्था छ।