शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ब्लिट्ज मिडियाको वैदेशिक रोजगारसम्बन्धी अनुसन्धान सार्वजनिक

ब्लिट्ज मिडियाको वैदेशिक रोजगारसम्बन्धी अनुसन्धान सार्वजनिक

ब्लिट्ज मिडिया प्रालिले ह्युम्यानिटी युनाइटेडसँगको साझेदारीमा गरेको अनुसन्धान सार्वजनिक गरेको छ।
 |  मंगलबार, साउन ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३, २०७९

काठमाडौं– ब्लिट्ज मिडिया प्रालिले ह्युम्यानिटी युनाइटेडसँगको साझेदारीमा गरेको अनुसन्धान सार्वजनिक गरेको छ।

संस्थाले सरकारी प्रतिनिधि, दूतावासका प्रतिनिधिहरू, आइएनजिओ, यस क्षेत्रका विज्ञहरू, मिडिया र अन्य सरोकारवालाको उपस्थितिमा ‘नेपाल श्रम आप्रवासनमा अनुसन्धान अध्ययन–२०२२’ सार्वजनिक गरेको हो । कार्यक्रममा दुबईकी आप्रवासी कामदार सुष्मा बराल, श्रम आप्रवासनविज्ञ डा गणेश गुरुङ, राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुँयाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका पूर्वमन्त्री गोकर्ण विष्टलगायतले आफ्नो धारणा राखेका थिए ।

अनुसन्धानले नेपाली आप्रवासी जनसंख्या र तिनका परिवारलाई असर गर्ने विभिन्न मुद्दाहरूमा तीनवटा विभिन्न अनुसन्धान शीर्षक राखी खोजी गरेको छ । वैदेशिक रोजगारीका विभिन्न आयामहरू, उनीहरूको आर्थिक र भावनात्मक दायित्वहरू र नेपाल फर्किएपछि पुनः स्थापनाका चुनौती अनुसन्धानमा समावेश गरेको छ । यसले सुरक्षित आप्रवासका लागि स्थानीय सरकारहरूले खेलेको वर्तमान भूमिकाको जाँचसँगै श्रम आप्रवासनका विभिन्न सरोकारवालालाई सिफारिसहरू पनि समेटेको जनाइएको छ ।

यो अनुसन्धान नेपालभर पुगेर चार हजार ४६ व्यक्तिसँग सर्वेक्षण, एक सय ६८ जनासँगको अन्तर्वार्ता र ५६ वटा विभिन्न लक्षित समूहको छलफलबाट तयार गरिएको ब्लिट्ज मिडियाले जनाएको छ । अनुसन्धानले भविष्यमा सुरक्षित वैदेशिक रोजगारीका लागि र नेपाली आप्रवासी कामदारप्रति सम्मानजनक व्यवहार गर्न देशको श्रम आप्रवासनका विषयमा थप छलफल बढाउने र वैदेशिक रोजगारमैत्री नीति–निर्माणमा सहयोग गर्ने अपेक्षा गरेको जनाइएको छ । 

ब्लिट्ज मिडिया प्रालि पूर्ण एकीकृत अनुसन्धान र मार्केटिङ एजेन्सी भएकाले विभिन्न संस्थाहरूका लागि व्यवसाय र अर्थशास्त्रदेखि समाज र संस्कृतिसम्मका मुद्दाहरूमा सान्दर्भिक अनुसन्धानहरू उत्पादन गर्दै आएको जनाइएको छ ।

प्रकाशित: Jul 19, 2022| 17:16 मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्