शुक्रबार, असार ५, २०८३

सीसीटीभी फुटेज गायब प्रकरण : जनार्दनको बयान बुधबार

बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयलमा अनधिकृत व्यक्तिको घूसपैठ गराएको र सीसीटीभी फुटेज गायब गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्माको बयान बुधबार हुने भएको छ।
 |  मंगलबार, साउन ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३, २०७९
National life
Shivam cement

काठमाडौं– बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयलमा अनधिकृत व्यक्तिको घूसपैठ गराएको र सीसीटीभी फुटेज गायब गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्माको बयान बुधबार हुने भएको छ। 

प्रतिनिधिसभाले गठन गरेको संसदीय छानबिन विशेष समितिको मंगलबारको बैठकले बयानका लागि शर्मालाई बोलाउने निर्णय गरेको हो। सीसीटीभी फुटेज गायब भएपछि छानबिनका लागि विशेष संसदीय छानबिन समिति गठन गरिएको थियो।

छानबिन समितिले सीसीटीभीको हार्ड डिस्क नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाउने निर्णय पनि गरेको छ। विज्ञहरुले समितिलाई हार्ड डिस्क रिकभर गर्न सकिने सुझाव दिएको बताइएको छ।


प्रकाशित: Jul 19, 2022| 17:09 मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्