आइतबार, मंसिर २८, २०८२

सिन्धु नदीमा डुंगा डुब्दा २३ जनाको मृत्यु, २६ बेपत्ता

एक सय जनाभन्दा बढी विवाहका पाहुना बोकेको डुंगा पाकिस्तानको रहिम यार खान सहर नजिक सिन्धु नदीमा डुब्दा २३ जनाको मृत्यु भएको छ भने २६ जना हराइरहेका छन्।
 |  मंगलबार, साउन ३, २०७९

रासस

रासस

मंगलबार, साउन ३, २०७९

National life
Laxmi sunrise bank
kumari

इस्लामाबाद– एक सय जनाभन्दा बढी विवाहका पाहुना बोकेको डुंगा पाकिस्तानको रहिम यार खान सहर नजिक सिन्धु नदीमा डुब्दा २३ जनाको मृत्यु भएको छ भने २६ जना हराइरहेका छन्। 

राज्य सञ्चालित उद्धार सेवाका ३५ जना गोताखोर खोजी तथा उद्धारमा खटिएका र उनीहरूले ९० जनालाई उद्धार गरेका सरकारी अधिकारीहरूले बताएका छन्। क्षमताभन्दा बढी यात्री बोकेका कारण डुंगा डुबेको अनुमान गरिएको छ। 

दुर्घटनामा ज्यान गुमाउने अधिकांश महिला छन्। आपतकाल व्यवस्थापन प्राधिकरणका अनुसार १९ जना महिलाको शव नदीबाट निकालिएको छ। डुंगामा धैरेजसो महिला र बालबालिका सवार थिए। गत साता सरकारले निरन्तर वर्षा भइरहेकाले नदी तटमा नजान सर्वसाधारणलाई आग्रह गरेको थियो। 

प्रकाशित: Jul 19, 2022| 17:00 मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।