शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • काठमाडौं महानगरभित्रका संघीय सडक निर्माणमा हातेमालो गर्ने सहमति

काठमाडौं महानगरभित्रका संघीय सडक निर्माणमा हातेमालो गर्ने सहमति

उपत्यकाभित्र ४०० किमि सडक संघीय सरकारको अधिकारमा रहेकाले समस्या आइपरे महानगर र मन्त्रालयले सल्ट्याउने सहमति।
 |  मंगलबार, साउन ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३, २०७९

काठमाडौं– काठमाडौं महानगरभित्र रहेका संघीय सडक बिग्रिए/भत्किए आपसी सहमतिमा निर्माण गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र काठमाडौं महानगरबीच सहमति भएको छ। हालका लागि महानगरभित्रका संघीय सडकमा समस्या आउँदा मन्त्रालयले नै समाधान गर्ने गरी सहमति भएको हो।

National life

भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई र महानगर प्रमुख बालेन्द्र साह सहभागी बैठकले सडक निर्माणमा समस्या आउँदा मिलेर समाधान गर्ने सहमति जुटाएको हो।

बैठकमा महानगर क्षेत्रमा सार्वजनिक सवारी साधन व्यवस्थित गर्ने विषयमा समेत छलफल भएको मन्त्री राईले बताए। संघीयता कार्यान्वयन नहुँदा यातायात व्यवस्थापनको सबै विषय मन्त्रालयले हेर्ने गरेकामा अहिले अन्तरप्रदेश यातायात मात्रै मन्त्रालयको कार्यक्षेत्र रहेको उनको भनाइ छ।

उनले भने, ‘सवारीसाधन सुरक्षित बनाउन जीपीएस जडान गर्ने योजना छ।’ महानगरका क्षेत्रभित्र पर्ने सडक आगामी दिनमा महानगरले नै हेर्ने भए पनि हाल संघीय सरकारले नै हेरचाह गर्दै आएको मन्त्री राईको भनाइ छ। उपत्यकाभित्र ४०० किमि सडक संघीय सरकारको अधिकारमा रहेको र त्यसमा समस्या भए समाधान गरिने उनले प्रतिबद्धता जनाए।

प्रकाशित: Jul 19, 2022| 16:56 मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्