काठमाडौं- पुँजीबजार सूचक नेप्से लगातार सातौँ दिन छ। असारको २८ गतेयता कारोबार भएका सातै दिन नेप्से परिसूचक वृद्धि भएको हो।
मंगलवार १६.२ अङ्कले बढेर नेप्से २०४५.६३ अंकमा पुगेको छ। मंगलबार कारोबार भएका सबै समूहका उपसूचक बढेका छन्।
आज २१३ वटा कम्पनीका ५७ लाख १३ हजार कित्ता सेयर २ अर्ब २९ करोड ९३ लाख रुपैयाँमा किनबेच भएको छ। सबैभन्दा धेरै शिवम् सिमेन्टको १५ करोड ९७ लाख र एभरेस्ट बैंक लिमिटेडको १० करोड रुपैयाँको सेयर किनबेच भयो।
आज इमर्जिङ नेपालका लगानीकर्ताले ८ प्रतिशत कमाउँदा गणपति लघुवित्तका लगानीकर्ताले ७ प्रतिशत कमाएका छन्।