शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विकास निर्माणको कामलाई गुणस्तरीय बनाउन प्रधानमन्त्रीको निर्देशन

विकास निर्माणको कामलाई गुणस्तरीय बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले विकास निर्माणको कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई निर्देशन दिएका छन्।
 |  मंगलबार, साउन ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३, २०७९

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले विकास निर्माणको कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई निर्देशन दिएका छन्। ६०औं इन्जिनियर दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले सरोकारवालाबीच समन्वय कायम गरी विकास, निर्माणको कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई सचेत गराएका हुन्।

National life

जनताको आवश्यक्ता अनुसार मुलुकको समृद्धिका लागि पूर्वाधार निर्माणका लागि इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने भएकाले उनीहरु थप क्रियाशील भएर आफ्नो काममा लाग्नुपर्ने आवश्यक्ता समेत प्रधानमन्त्री देउवाले औंल्याएका थिए। देशलाई समुन्नत र समृद्ध बनाउन सडक, पुलपुलेसा, जलविद्युत आयोजना, सूचना प्रविधिलगायतको पूर्वाधारहरुको विकासको आवश्यक्ता हुने स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले त्यस काममा इन्जिनियरहरुले आफ्नो पेशालाई थप व्यवसायिक र विशिष्ट बनाउँदै लैजाने विश्वाससमेत व्यक्त गरे। 

‘राष्ट्रिय विकास र आर्थिक समृद्धिको बाटो कोर्न र जनताका आवश्यक्तालाई चाँडै सम्बोधन गर्न राज्यको परिकल्पना अनुसार विकास, निर्माणको लागि अग्रणी भूमिका निर्वाह गर्ने इन्जिनियर नै हुन्। सुविधासम्पन्न राष्ट्र निर्माणमा इन्जिनियरको योगदान अतुलनीय हुन्छ। समयको गतिसँगै यस पेशालाई थप व्यवसायिक र विशिष्ट बनाउँदै राष्ट्रिय आवश्यक्ता पूर्ति हुनेगरी विकास गर्दै जानुपर्ने खाँचो छ,' प्रधानमन्त्री देउवाले भने, 'देशलाई समुन्नत र समृद्ध बनाउन सडक, पुलपुलेसा, जलविद्युत आयोजना, सूचना प्रविधिलगायतको पूर्वाधारहरुको विकासको आवश्यक्ता हुन्छ। त्यस्ता संरचनालाई गुणस्तरीय तरिकाले निर्माण गर्नु आजको आवश्यक्ता हो। पूर्वाधार विकासको माध्यामबाट देशलाई समृद्ध बनाउने काममा इन्जिनियरहरु आगामी दिनमा थप क्रियाशील हुन जरुरी छ।'

प्रधानमन्त्री देउवाले विकास, निर्माणको काममा इन्जिनियरहरुलाई कुनै समस्या भए ती समस्यालाई तत्काल समाधान गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए। 


प्रकाशित: Jul 19, 2022| 15:37 मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्