शुक्रबार, असार ५, २०८३

राजस्व कार्यालय पोखराले उठायो ५ अर्ब कर

आन्तरिक राजश्व कार्यालय पोखराले गत आर्थिक वर्षमा ४ अर्ब ८८ करोड रुपैयाँ राजश्व संकलन गरेको छ।
 |  मंगलबार, साउन ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३, २०७९

पोखरा- आन्तरिक राजश्व कार्यालय पोखराले गत आर्थिक वर्षमा ४ अर्ब ८८ करोड रुपैयाँ राजश्व संकलन गरेको छ। गत आर्थिक वर्ष २०७८/०७९ मा कुल ५ अर्ब १० करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा कार्यालयले लक्ष्य नजिक ९६ प्रतिशत राजस्व संकलन गरेको उल्लेख गरेको छ। 

National life

कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा ४ अर्ब ४० करोड मात्र राजश्व संकलन गरेको थियो। अघिल्लो आर्थिक वर्ष भन्दा यो वर्ष राजश्व संकलन बढेको छ। पोखरा आन्तरिक राजश्व कार्यालय प्रमुख रमेश शर्माले आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्यभन्दा आयकर, घरबहाल कर र स्वास्थ्य कर उठेको छ। 

लक्ष्यभन्दा  १०६ प्रतिशत बढी आयकर, घरबहाल कर १२२ प्रतिशत बढी र स्वास्थ्य कर १७७ प्रतिशतले बढेको उनले जानकारी दिए। यस्तै व्याजकर ७३ प्रतिशत, मूल्य अभिवृद्धि कर ८५ प्रतिशत, अन्तःशुल्क कर ६९ प्रतिशत कर संकलन गरेको  छ। यसरी कुल लक्ष्यको ९६ प्रतिशत राजश्व संकलन भएको उनले जानकारी दिए। 

प्रमुख शर्माले कोरोनाको प्रभावका कारण व्यापार व्यवसायले राम्रोसँग लयमा आउन नसक्नु र स्थानीय,प्रदेश सरकारले बजेट पूर्ण रुपमा खर्च नगरेकोले मूल्य अभिवृद्धि कर कम भएको उनले जानकारी दिए। 

आन्तरिक राजश्व कार्यालय पोखरामा हाल करदाता १ लाख ७५ हजार छन्। तीमध्ये ६१ हजार भ्याटमा छन्। प्रमुख शर्माले फर्म दर्ता नगरी सञ्चालन गरेकालाई करको दायरामा ल्याउने बताए। कार्यालयले पनि बेलाबेलामा करदाता शिक्षा र बजार अनुगमन गर्दै आएको शर्माले जानकारी दिए। करको दायरा वृद्धि गर्दै कर छल्ने प्रवृत्ति र चुहावट घटाउनेतर्फ पनि कार्यालय लागिपरेको उनको दाबी छ। 

Shivam cement

विगतमा गण्डकीका विभिन्न जिल्लाको राजश्व प्रदेश राजधानी पोखरामै हुने गरेकोमा अहिले स्याङ्जा, बागलुङ, तनहुँ र नवलपुरबाट समेत राजश्व संकलन गरिन्छ।


प्रकाशित: Jul 19, 2022| 15:25 मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्