शुक्रबार, असार ५, २०८३

नेतृत्वविहीन बन्यो नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्स नेतृत्वविहीन बनेको छ। कामु सीईओ सुशील चौधरी बाहिरिएसँगै कम्पनी नेतृत्वविहीन बनेको हो।
 |  मंगलबार, साउन ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३, २०७९

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स नेतृत्वविहीन बनेको छ। कामु सीईओ सुशील चौधरी बाहिरिएसँगै कम्पनी नेतृत्वविहीन बनेको हो। 

National life

नेपाल लाइफमा विगत २१ वर्षदेखि कार्यरत चौधरीले यही साउन १ गतेदेखि लागू हुने गरी स्वेच्छिक अवकाश लिएका हुन्। नेपाल लाइफका तत्कालीन सीईओ सन्तोष प्रसाईं भने ८ महिनाअगाडि नै बाहिरिएका थिए। उनी आफ्नो पहिलो कार्यकालको ८ महिना नबित्दै राजीनामा दिएर बाहिरिएका हुन्। गत कात्तिक २२ गतेदेखि लागू हुने गरी प्रसाईंको राजीनामा कम्पनी सञ्चालक समितिले स्वीकृत गरेको थियो। 

बिमकको सुशासन निर्देशिकाको पहिलो संशोधन २०७८ अनुसार बिमकले सीईओ पद रिक्त भएको तीन महिनाभित्रै नयाँ सीईओ नियुक्ति गर्नुपर्ने हुन्छ। तर, नेपाल लाइफमा आठ महिना बितिसक्दा पनि सीईओ नियुक्ति हुन सकेको छैन। नेपाल लाइफको सञ्चालक समूहले कम्पनीमै कार्यरत वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीलाई पर्खिएर सीईओमा अरुलाई नियुक्त नगरेको बताइएको छ। नेपाल लाइफका तत्कालीन सीईओ प्रसाईं बाहिरिएको दुई महिनापछि पुस २५ गते पराजुली प्रवेश गरेका थिए।

रिलायन्स लाइफ इन्स्योरेन्समा सीईओको कार्यकाल सकेर बाहिरिएको दुई साता नपुग्दै पराजुली नेपाल लाइफ पुगेका हुन्। उनी रिलायन्सबाट पुस १२ गते बाहिरिएका थिए। यद्यपि बिमा समितिले पराजुली नेपाल लाइफ गइसकेपछि सुशासन निर्देशिकाको पहिलो संशोधन २०७८ सार्वजनिक गरेको हो। परिमार्जित निर्देशिका अनुसार एकातर्फ कुनै पनि बिमकको सीईओ पदबाट बाहिरिएको ६ महिनासम्म अर्काे बिमकमा सीईओ बन्न नपाउने र अर्काेतर्फ बिमकको सीईओ पद रिक्त भएको तीन महिनाभित्र नै पदपूर्ति गर्नुपर्ने व्यवस्था छ। जसले गर्दा पराजुलीलाई नेपाल लाइफको सीईओ बन्न रोक लागेको थियो।

ऐन अनुसार अब भने पराजुली नेपाल लाइफको सीईओ बन्न सक्छन्। पराजुली रिलायन्सबाट बाहिरिएको असार १२ गते नै ६ महिना पुगिसकेको छ। तर, नेपाल लाइफले अहिले सीईओ पद रिक्त भएको ८ महिनाभन्दा बढी समय भइसकेपछि पराजुलीको नाम सीईओका लागि बिमा समितिमा सिफारिस गरेको छ। समितिले स्वीकृति दिएपछि पराजुलीले सीईओ पद सम्हाल्न पाउनेछन्। 

Shivam cement

प्रकाशित: Jul 19, 2022| 14:38 मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्