आइतबार, मंसिर २८, २०८२

स्पेनमा अचाक्ली गर्मी, तातो हावाबाट ५१० जनाको मृत्यु

स्पेनमा केही समययता प्रचण्ड गर्मी हुनुका साथै तातो हावा चलिरहेको छ। तातो हावाबाट मानिसको ज्यान गइरहेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
 |  मंगलबार, साउन ३, २०७९

रासस

रासस

मंगलबार, साउन ३, २०७९

म्याड्रिड– स्पेनमा केही समययता प्रचण्ड गर्मी हुनुका साथै तातो हावा चलिरहेको छ। तातो हावाबाट मानिसको ज्यान गइरहेको यहाँको स्वास्थ्य मन्त्रालयले  जानकारी दिएको छ। 

National life

स्पेनको मन्त्रालयले दिएको जानकारीअनुसार सोमबारसम्ममा तातो हावाबाट ज्यान जाने व्यक्तिको संख्या ५१० पुगेको छ।मन्त्रालयले यहाँको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको जनाएको छ। गर्मीका कारण यससँग सम्बन्धित समस्याबाट मानिसहरुको ज्यान जाने क्रम पनि रोकिएको छैन।

यहाँ यही जुलाई १० तारिखदेखि गर्मी सुरु भएको हो। गर्मीका कारण जनजीवन निकै कष्टकर बनेको पनि बताइएको छ।स्वास्थ्य मन्त्रालयले तातो हावा सुरु भएको हप्ता जुलाई १० देखि १६ तारिखसम्म मात्र यहाँ १५० जनाको ज्यान गएको जनाएको छ।

त्यसयता पनि तातो हावाको असरले ज्यान जाने क्रम नरोकिएको भन्दै अधिकारीहरुले सोमबारसम्म ५१० जनाको मृत्यु भएको बताएका छन्। यसरी ज्यान जानेमा अधिकांश ज्येष्ठ नागरिक रहेका छन्। उनीहरुमध्ये ३२१ जना ८५ वर्षभन्दा माथिका नागरिक रहेका बताइएको छ।

गर्मी अझै बढ्ने देखिएको र यसबाट ज्यान जानेको संख्या थप बढ्न सक्ने भन्दै सतर्कता अपनाउन यहाँको स्वास्थ्य मन्त्रालयले सूचना जारी गरिरहेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 19, 2022| 13:22 मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।