शुक्रबार, असार ५, २०८३

भारत, बंगलादेश र भुटानसँग बढ्यो व्यापार घाटा

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशवराज ओलीका अनुसार आव २०७८/०७९ मा काँकरभिट्टा नाका भएर भारतबाट रु ३६ अर्ब १८ करोड मूल्य बराबरको सामान आयात भएको छ भने नेपालबाट रु १० अर्ब ६९ करोड ९५ लाखको सामान मात्र निर्यात भएको छ।
 |  सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९

काठमाडौं- पूर्वी नाका काँकडभिट्टाबाट भारत, बङ्गलादेश र भुटानसँग हुने नेपालको व्यापारमा उच्च घाटा देखिएको छ। मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशवराज ओलीका अनुसार आव २०७८/०७९ मा काँकरभिट्टा नाका भएर भारतबाट रु ३६ अर्ब १८ करोड मूल्य बराबरको सामान आयात भएको छ भने नेपालबाट रु १० अर्ब ६९ करोड ९५ लाखको सामान मात्र निर्यात भएको छ। 

National life

निर्यातभन्दा आयात बढी भएको कारण भारतसँग काँकडभिट्टा नाकामार्फत नेपालको व्यापार घाटा रु २५ अर्ब ४८ करोड २७ लाख भएको देखिन्छ। काँकडभिट्टा नाकामार्फत हुने व्यापारमा बङ्गलादेश र भुटानसँग नेपालको व्यापार घाटा क्रमशः रु १० अर्ब नौ करोड ९९ लाख र रु ७४ करोड ८६ लाख पुगेको छ।

आव २०७८/०७९ मा रु १० अर्ब ६५ करोड ३५ लाख बराबरको सामान बङ्गलादेशबाट आयात भएको थियो भने नेपालबाट रु ६० करोड ४५ लाखको मात्र सामान निर्यात भएको भन्सारको तथ्याङ्कमा उल्लेख छ। सोही अवधिमा भुटानबाट रु एक अर्ब २० करोड ५३ लाखको सामान आयात भएको थियो भने रु ४५ करोड ६५ लाखका मात्र सामान निर्यात भएको थियो।

बंगलादेश र भुटानसँग नेपालले यही नाकामार्फत व्यापार गर्दै आएको छ। भारतसँग अरु नाकाबाट पनि व्यापार सञ्चालन हुन्छ। बङ्गलादेशसँगको व्यापार घाटा बर्सेनि बढ्दै गएको छ। बङ्गलादेशसँग नेपालले आव २०७७/०७८ मा रु छ अर्ब ४८ करोड ३३ लाख ४३ हजार र आव २०७६/०७७ मा रु तीन अर्ब ९९ करोड ४३ लाख ११ हजार व्यापार घाटा व्यहोरेको थियो।

राजस्व असुली लक्ष्यभन्दा बढी

Shivam cement

मेची भन्सार कार्यालय काँकरभिट्टाले आव २०७८/०७९ मा लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ। प्रमुख भन्सार अधिकृत ओलीले सो आवमा रु १७ अर्ब ५३ करोड १९ लाख ३३ हजार राजस्व सङ्कलन गर्न सफल भएको बताए। 

भन्सारले रु १५ अर्ब ७५ करोड ४७ लाख ८७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १११ दशमलव २८ प्रतिशत राजस्व असुली भएको भन्सार प्रमुख ओलीले जानकारी दिए। पेट्रोलियम पदार्थ र सुपारीको आयात पूर्वी नाकाबाट बढी भएका कारण राजस्व सङ्कलनमा वृद्धि भएको हो।

प्रकाशित: Jul 18, 2022| 20:41 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्