आइतबार, वैशाख १६, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश १ को नामाकरण : पहिचानका लागि सडक संघर्षमा जान मुख्यमन्त्रीले नै उकासे

प्रदेश १ को नामाकरण : पहिचानका लागि सडक संघर्षमा जान मुख्यमन्त्रीले नै उकासे

प्रदेश १ को नामाकरणको विषय पेचिलो बन्दै गइरहेको समयमा मुख्यमन्त्री राजेन्द्र राईले पहिचान पक्षधरको पक्षमा नामाकरण नभए सडक संघर्ष गर्न सुझाव दिएका छन्। प्रदेशसभामा रहेका बहुमत सांसदहरु पहिचानको पक्षमा नरहेको भन्दै उनीहरुलाई दबाब दिनुपर्ने उनले बताए।
 |  सोमबार, साउन २, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

सोमबार, साउन २, २०७९

विराटनगर- प्रदेश १ को नामाकरणको विषय पेचिलो बन्दै गइरहेको समयमा मुख्यमन्त्री राजेन्द्र राईले पहिचान पक्षधरको पक्षमा नामाकरण नभए सडक संघर्ष गर्न सुझाव दिएका छन्। प्रदेशसभामा रहेका बहुमत सांसदहरु पहिचानको पक्षमा नरहेको भन्दै उनीहरुलाई दबाब दिनुपर्ने उनले बताए। 

triton college

प्रदेश १ को नाम किराँत राख्‍न माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय घेराउ गर्दै मुख्यमन्त्री राईलाई ज्ञापनपत्र दिन पुगेको किराँत राई यायोख्खाको टोलीलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले सो  अभिव्यक्ति दिएका हुन्। उनले भने,‘प्रदेश सरकारले नाम तोक्ने भए म उहिल्यै राखिदिन्थे।’ नामाकरण प्रदेशसभाबाट हुने भन्दै उनले पहिचानको पक्षको स्पष्ट दुई तिहाई नपुग्‍ने भन्दै दबाब दिनुपर्ने उनले बताए। मुख्यमन्त्री राईले भने,‘व्यक्तिगत रुपमा सांसदहरुलाई फकाउनुहोस्, स्थिति फरक भए सडकमा उत्रिन जरुरी छ।’ आफ्नो कार्यकाल मंसिरसम्म मात्रै भएकाले मंसिरपछि आन्दोलन गर्न तपाईंहरुको साथमा आउने समेत उनले आश्वासन दिए। 

पुरानो इतिहास, पुराना कागज तमसुकमा किराँत भन्‍ने शब्द लेखिएकोले किराँत प्रदेश न्यायोचित रहेको उनले बताए। उनले भने,‘उहिल्यै वल्लो किराँत, पल्लो किराँत र माझ किराँत भन्ने थियो। सक्ने भए तीनवटै राज्य बनाउ। होइन भने सबैलाई मिलाउँदा किराँत हुन्छ। त्यही किराँत प्रदेश दिँदा केही बिग्रिन्छ त?’ पदमा बसेर पहिचानको पक्षमा बोल्न मिल्ने-नमिल्ने आफूलाई थाहा नभएको भन्दै उनले पहिचान जोडिएर नाम हुनुपर्ने नभए जुनसुकै मुल्य चुकाउन तयार रहेको बताए। उनले भने, ‘म किराँतीको छोरा भएर किराँत हुनुपर्छ भनेको होइन।’ 

पहिचान सहितको नाम नभए पछिसम्म तुस रहने र देशमा नै विखण्डन आउन सक्ने उनको भनाई छ। पछिसम्म विद्रोहको भावना किन राख्‍ने भन्दै मुख्यमन्त्री राईले भने,‘पहिचान सहितको नामकरण गर्दा के बिग्रन्छ र? विद्रोहको भावना किन पछिसम्म राख्‍ने?’

प्रकाशित: Jul 18, 2022| 19:51 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।