शनिबार, असोज १०, २०८३

'नमस्ते पे' बाट हवाई टिकट काट्दा ३०० सम्म क्यासब्याक

भुक्तानी सेवा प्रदायक नमस्ते पेले आन्तरिक हवाई टिकट सेवा सुरु गरेको छ।
 |  सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९

काठमाडौं– भुक्तानी सेवा प्रदायक नमस्ते पेले आन्तरिक हवाई टिकट सेवा सुरु गरेको छ। यो डिजिटल वालेटमार्फत सहुलियत मूल्यमा आन्तरिक गन्तव्यहरूका लागि उडान टिकटहरू एकतर्फी र दुईतर्फी दुवै खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

सेवा सुरु भएको अवसरमा नमस्ते पेले विभिन्न अफर पनि ल्याएको छ। यसअन्तर्गत हवाई टिकट खरिद गर्ने पहिलो पाँच ग्राहकले आफ्नो वालेटमा ३०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

साथै अन्य ग्राहकले भने नमस्ते पेमार्फत हवाई टिकट खरिद गर्दा १५० रुपैयाँको क्यासब्याक पाउन सक्नेछन्। त्यस्तै एकजना ग्राहकले गोलाप्रथामार्फत पोखराको दुईतर्फी हवाई टिकट निःशुल्क प्राप्त गर्न सक्नेछन्। 

प्रकाशित: Jul 18, 2022| 18:06 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्