शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ बैंकको मुद्दति खातामा १० गुणासम्म प्रतिफल

सिद्धार्थ बैंकको मुद्दति खातामा १० गुणासम्म प्रतिफल

सिद्धार्थ बैंकले मुद्दति निक्षेप रकमको १० गुणासम्म प्रतिफल प्राप्त हुने श्रीवृद्धि मुद्दति खाता सञ्चालनमा ल्याएको छ।
 |  सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९

काठमाडौं– सिद्धार्थ बैंकले मुद्दति निक्षेप रकमको १० गुणासम्म प्रतिफल प्राप्त हुने श्रीवृद्धि मुद्दति खाता सञ्चालनमा ल्याएको छ। व्यक्तिगत, संस्थागत एवम् रेमिन्ट्यान्स मुद्दति निक्षेपलाई लक्षित गरी बैंकले ल्याएको यस्तो खाता न्यूनतम १० हजार जम्मा गरी खोल्न सकिनेछ।

यस मुद्दति खातामा ग्राहकले बैंकद्वारा तोकिएको समयावधि पश्चात् आफ्नो साँवा रकमको २ देखि १० गुणा सम्मको प्रतिफल प्राप्त गर्न सक्नेछन्। यसका अतिरिक्त, ग्राहकले आफ्नो साँवा रकमको ९० प्रतिशतसम्म कर्जा सुविधा पाउनुका साथै १०० प्रतिशत सम्मको क्रेडिट कार्ड सुविधा समेत पाउने बैंकले जनाएको छ। बैंकका अनुसार उक्त क्रेडिट कार्ड जारी गर्दा कुनै पनि शुल्क लाग्ने छैन। सिद्धार्थ बैंकको १९० शाखा कार्यालयहरुबाट सहजै यो मुद्दति खाता खोल्न सकिने छ।

प्रकाशित: Jul 18, 2022| 18:01 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्