शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सनराइज बैंक र फोकसवान पेमेन्ट सोलुसन्सबीच भुक्तानी सेवा सम्झौता

सनराइज बैंक र फोकसवान पेमेन्ट सोलुसन्सबीच भुक्तानी सेवा सम्झौता

सनराइज बैंक र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.लि. द्वारा सञ्चालित मोको डिजिटल वालेट बिच भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता सम्पन्न भइ सेवा सुरु भएको छ।
 |  सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९
National life
Shivam cement

काठमाडौँ- सनराइज बैंक  र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.लि.  द्वारा सञ्चालित मोको डिजिटल वालेट बिच भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता सम्पन्न भइ सेवा सुरु भएको छ।

यस सहकार्य पश्चात सनराइज बैंकका ग्राहकहरूले मोको एपमा आफ्नो डेबिट वा क्रेडिट कार्ड लिंक गरी बिल भुक्तानी जस्तै मोबाइल टपअप, इन्टरनेट, बिद्युत, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरू प्रयोग गर्न तथा १५०० भन्दा बढी मर्चेन्टहरूमा क्यू आर कोड मार्फत भुक्तानी गर्न सक्नेछन्।

हालसम्म क्रेडिट कार्ड प्रयोगकर्ताले कार्ड मार्फत भुक्तानी गर्दा पिओएस मा वा इकमर्स मार्फत मात्र कारोबार गर्न सक्ने भएकोमा अब उप्रान्त क्रेडिट कार्डलाई मोको एपमा लिंक गरेपश्चात् क्यू आर कोड स्क्यान गरेर समेत भुक्तानी कारोबार गर्न सक्ने भएकाले यो सेवाले डिजिटल भुक्तानीको वृद्धिमा थप सहयोग पुर्‍याउने बैंकको बिश्वास रहेको छ। 

प्रकाशित: Jul 18, 2022| 17:47 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्