शुक्रबार, असार ५, २०८३

देशभर ६० प्रतिशतमात्र रोपाइँ

देशभर ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ।
 |  सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९
National life
Shivam cement

काठमाडौं– देशभर ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। गत वर्ष असार अन्तिमसम्ममा ६८ प्रतिशत रोपाइँ भएकोमा यसवर्ष ६० प्रतिशतमात्र रोपाइँ भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए।

रोपाइँको तथ्यांक प्रदेशसँगको समन्वयमा तयार गरिएको हो। गत वर्षको तुलनामा करिब आठ प्रतिशतको हाराहारीमा कम रोपाइँ भएको देखिएको छ। विशेषगरी प्रदेश १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिला भएका कारण रोपाइँ कम भएको हो।

मनसुन सुरु हुनासाथ यही साउन दोस्रो सातासम्म सामान्य हिसाबले ती प्रदेशमा रोपाइँ हुने मन्त्रालयले जनाएको छ। रोपाइँमा मलको अभाव भएकाले उत्पादनमा त्यसको केही असर पर्ने देखिएको छ। हालसम्म मन्त्रालयले विगत वर्षमा जस्तै लगभग शतप्रतिशत रोपाइँ हुने अनुमान गरेको छ।

प्रकाशित: Jul 18, 2022| 17:43 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्