शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • छानबिन समितिले भेटेन अर्थ मन्त्रालयको सीसीटीभी फुटेज

छानबिन समितिले भेटेन अर्थ मन्त्रालयको सीसीटीभी फुटेज

समितिले सीसीटीभी फुटेज 'रिस्टोर' हुने सफ्टवेयर मगाए पनि त्यहाँ कुनै विवरण फेला नपरेपछि फुटेज नभेटिने निष्कर्षमा समिति पुगेको एक सदस्यले जानकारी दिए।
 |  सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९

काठमाडौं- तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले करको दर हेरफेर गर्न बिचौलियालाई संलग्न गराएको आरोपमाथि छानबिन गर्न गठित संसदीय छानबिन समितिले सिसिटिभी फुटेज पत्ता नलाग्ने निष्कर्ष निकालेको छ। समितिले सीसीटीभी फुटेज 'रिस्टोर' हुने सफ्टवेयर मगाए पनि त्यहाँ कुनै विवरण फेला नपरेपछि फुटेज नभेटिने निष्कर्षमा समिति पुगेको एक सदस्यले जानकारी दिए। 

‘सीसीटीभी फुटेज रिस्टोर हुने कुनै प्रविधि छ कि भनेर हामी अझै पनि खोजिरहेका छौँ,' ती सदस्यले भने, 'त्यसका लागि प्रयास जारी छ। तर सीसीटीभी फुटेज भेट्टाउन सहज देखिएन। फुटेज नभेटिएपनि अब समितिले काम अघि बढाउँछ।’

सीसीटीभीको विषयमा एउटा टुंगो लागेपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग सोधपुछ गरिनेछ। तत्कालीन अर्थमन्त्री शर्माले चालु आवको बजेट बनाउने क्रममा जेठ १४ गते राति मध्यरातमा बिचौलियालाई बोलाएर करका दर हेरफेर गरेको आरोप लागेपछि ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो। छानबिन समिति बनेपछि शर्माले राजीनामा गर्नुपरेको थियो। 


प्रकाशित: Jul 18, 2022| 16:59 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्