शुक्रबार, असार ५, २०८३

सोमबार नेप्सेमा दोहोरो अंकको वृद्धि

नयाँ आर्थिक वर्ष लागेसँगै सेयर बजारमा हरियाली।
 |  सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक १८.०३ अंकले बढेको छ। यस दिन नेप्से परिसूचक ०.९० प्रतिशतले बढेर २०२९.४३ बिन्दुमा पुगेको हो। 

National life

सोमबार कारोबारमा आएका २११ वटा धितोपत्र तथा ऋणपत्रको ३१ लाख ४२ हजार ४०२ कित्ता सेयरको १ अर्ब ३१ करोड २९ लाख ६२ हजार ९६० रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। सोमबार बरुण हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक बढेको छ। कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ९.९८ प्रतिशत बढेर २९८ रुपैयाँमा कारोबार भएको छ।

सोमबार मूल्य सर्वाधिक घट्नेमा सानिमा लार्ज क्याप फण्ड र कुमारी इक्युटी फण्ड रहेका छन्। सानिमा लार्ज क्याप फण्डको इकाइ मूल्य ५.९० र कुमारी इक्युटी फण्डको इकाइ मूल्य ५.७६ प्रतिशतले घटेको छ। सोमबार शिवम् सिमेन्टको सर्वाधिक सेयर खरिद बिक्री भएको छ। कम्पनीको ९ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको हो।

यस दिन कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ११ वटा समूहको परिसूचक बढेको छ भने बाँकी २ वटाको घटेको छ। सोमबार होटल्स तथा पर्यटन समूहको परिसूचक सबैभन्दा बढी ४.९३ प्रतिशतले बढेको छ भने अन्य समूहको परिसूचक २.०८ प्रतिशतले बढेको छ।

म्युचुअल फण्ड समूहको परिसूचक सबैभन्दा बढी ०.२७ प्रतिशतले घटेको छ।नयाँ आर्थिक वर्ष लागेसँगै सेयर बजारमा हरियाली छाएको छ । सोमबारको कुल बजार पुँजीकरण २८ खर्ब ९८ अर्ब रहेको छ।

Shivam cement

प्रकाशित: Jul 18, 2022| 16:10 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्