शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ८ महिनामा ४९ हजार भूमिहीनले पाए लालपुर्जा, २ वर्षमा सबै समस्या समाधान हुन्छ : मन्त्री श्रेष्ठ

८ महिनामा ४९ हजार भूमिहीनले पाए लालपुर्जा, २ वर्षमा सबै समस्या समाधान हुन्छ : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले आगामी दुई वर्षभित्र भूमिसँग सम्बन्धी सम्पूर्ण समस्या समाधान हुने बताएकी छन्।
 |  सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले आगामी दुई वर्षभित्र भूमिसँग सम्बन्धी सम्पूर्ण समस्या समाधान हुने बताएकी छन्।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कमैया मुक्त घोषणा गरिएको २२ वर्षको उपलक्ष्यमा बौल्दै उनले यस्तो बताएकी हुन्। मन्त्री श्रेष्ठले सरकार मुक्त कमैया, हरुवाचरुवालगायत जग्गाहीनलाई जमीनको मालिक बनाउने कार्यमा दत्तचित्त भएर लागेको दाबी गरेकी थिइन्। 

भूमिहीनलाई उच्च प्राथमिकताका साथ अभियानको रुपमा कार्यक्रम सञ्चालन गरी ८ महिनामा ४९ हजार घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिसकेको जानकारी उनले दिइन्। 

‘मुक्त कमैया, हरुवाचरुवा लगायत जग्गाहीनलाई जमीनको मालिक बनाउने कार्यमा हामी दत्तचित्त भएर लागेका छौँ,' उनले थपिन्, '८ महिनाको समयावधिमा करिव ४९ हजार घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिसकेका छौँ। आगामी दुई वर्षभित्र भूमिसँग सम्बन्धित सम्पूर्ण समस्या समाधान गर्ने लक्ष्य सरकारको छ।’

मन्त्री श्रेष्ठले नागरिकको जिउ, धन, समानता र स्वतन्त्रताको संरक्षण गरी कानुनी शासन, मौलिक हक तथा मानव अधिकारका मूल्य र मान्यता, लैङ्गिक समानता समानुपातिक समावेशीकरण र सामाजिक न्यायको माध्यमबाट राष्ट्रिय जीवनका सबै क्षेत्रमा न्यायपूर्ण व्यवस्था गर्दै लोककल्याण्कारी राज्य स्थापना गर्न लागिपरेको दाबी गरेकी थिइन्। 

प्रकाशित: Jul 18, 2022| 14:56 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्