आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आर्थिक क्षेत्रसँग सम्बन्धित ९ विधेयक पास गराउने सरकारको प्रतिवद्धता

आर्थिक क्षेत्रसँग सम्बन्धित ९ विधेयक पास गराउने सरकारको प्रतिवद्धता

सरकारले आगामी तीन महिनाभित्र आर्थिक क्षेत्रसँग सम्बन्धित सबै विधेयकहरु संसदबाट पारित गराउने भएको छ।
 |  आइतबार, साउन २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०७८

काठमाडौं– सरकारले आगामी तीन महिनाभित्र आर्थिक क्षेत्रसँग सम्बन्धित सबै विधेयकहरु संसदबाट पारित गराउने भएको छ। 

आइतबार संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले आर्थिक क्षेत्रसँग सम्बन्धीत सम्पूर्ण विधेयक सांसदबाट पारित गराउने बताएका थिए। 

हाल आर्थिक क्षेत्रसँग सम्बन्धित ९ वटा विधेयक प्रतिनिधिसभामा दर्ता भएर बसेका छन्। कर्जा सूचना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, प्रतिष्पर्धा प्रबद्र्धन तथा बजार संरक्षण ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक, निकासी पैठारी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा दर्ता भएर बसेको छ। 

त्यस्तै धितोपत्र सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक, नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गर्न बनेको विधेयक, बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक, सार्वजनिक ऋण व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा अड्किएर बसेको छ। 

ती विधेयकहरु २०७५ असार २७ गते दर्ता भएकोदेखि पछिल्लो समयमा २०७७ असार ११ गते दर्ता भएको विधेयकसम्म रहेका छन्। ती सवै विधेयकहरु तीन महिनामा संसदबाट पास गराउन यो सरकारलाई कठिन हुने संसद सचिवालयले जनाएको छ। 



प्रकाशित: Aug 08, 2021| 17:58 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्