काठमाडौं- भृकुटीमण्डपमा बुधबार भएको आगलागीबाट ३० करोड बराबरको सामग्री जलेर नष्ट भएको विवरण आएको प्रहरी जानकारी दिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्ष सन्तोष सिंह राठौरका अनुसार समाज कल्याण परिषद् र आपांग संघको गोदाममा आगलागी हुँदा उक्त क्षति भएको जानकारी दिए।
उनका अनुसार गोदाममा राखिएका ह्वीलचेयरहरु, कृत्रिम खुट्टा तथा हातहरु जलेका छन्। अफिसका सामग्री तथा कागाजतहरु पनि जलेर नष्ट भएको उनले बताए। आगलागी के कारणले भएको हो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
आगोलागिको क्षति आंकलन बारे अध्ययन गर्न कार्यालय प्रमुख शम्भुजंग राणाको नेतृत्वमा टोली गठन गरिएको छ।