काठमाडौं- नेपाल राष्ट्र बैंकले बुधबारका लागि र्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ०७ पैसा र बिक्री दर १२७ रुपैयाँ ६६ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १२७ रुपैयाँ २३ पैसा र बिक्री दर १२७ रुपैयाँ ८३ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५० रुपैयाँ ४७ पैसा र बिक्री दर १५१ रुपैयाँ १८ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ९४ पैसा र बिक्री दर १२९ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ४८ पैसा र बिक्री दर ८५ रुपैयाँ ८८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ९८ पैसा छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ २८ पैसा र बिक्री दर ९ रुपैयाँ ३२ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९० पैसा र बिक्री दर १८ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ८५ पैसा र बिक्री दर ३४ रुपैयाँ ०१ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ५८ पैसा र बिक्री दर ३४ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७७ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७१ पैसा र बिक्री दर ९ रुपैयाँ ७६ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर