शनिबार, असोज १०, २०८३

एनएमबि बैंक र फ्लाइवाइरबीच समझदारी

एनएमबि बैंकले विदेशमा अध्ययनरत तथा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुलाई लक्षित गरी डिजिटल भुक्तानीका लागि फ्लाइवायर कर्पोरेशनसँग समझदारी गरेको छ।
 |  मंगलबार, असार २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २८, २०७९

काठमाडौं– एनएमबि बैंकले विदेशमा अध्ययनरत तथा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुलाई लक्षित गरी डिजिटल भुक्तानीका लागि फ्लाइवायर कर्पोरेशनसँग समझदारी गरेको छ।

यो समझदारीसँगै एनएमबि बैंक फ्लाइवायरको तर्फबाट विश्वभरका एक हजार ७०० भन्दा बढी शैक्षिक संस्थाहरुमा भुक्तानीका लागि नेपालको एकमात्र बैंक भएको छ।

नेपालबाट विदेशमा अध्ययनरत तथा अध्ययन गर्न जाने विद्यार्थीहरुले फ्लाइवायर मार्फत अमेरिका, क्यानडा र अष्ट्रेलियामा अन्तर्राष्ट्रिय शिक्षाको भुक्तानीको लागि कुनै पनि नेपाली बैंकबाटै आफ्नो शैक्षिक खर्च तिर्न सक्नेछन्।


प्रकाशित: Jul 12, 2022| 15:33 मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्