शनिबार, असोज १०, २०८३

एनआईसी एशिया बैंकद्वारा घातक रोगको बीमा भुक्तानी

एनआईसी एशिया बैंकले घातक रोगको बीमा वापत तीन जना ग्राहकलाई बीमा वापत प्रतिव्यक्ति १० लाख रुपैयाँ भुक्तानी गरेको छ।
 |  मंगलबार, असार २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २८, २०७९

काठमाडौं– एनआईसी एशिया बैंकले घातक रोगको बीमा वापत तीन जना ग्राहकलाई बीमा वापत प्रतिव्यक्ति १० लाख रुपैयाँ भुक्तानी गरेको छ।

सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकमा बचत खाता खोलका ३ जना ग्राहकलाई घातक रोगको बीमा वापत प्रतिव्यक्ति १० लाख रुपैयाँको दरले कुल ३० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको बैंकले जनाएको छ।

बीमा भुक्तानी पाउनेमा स्वयम्भु शाखाबाट हरिन्द्र शाह, जाजरकोट शाखाबाट प्रचण्डजंग शाहज्यू र थली शाखाबाट सञ्जित तामाङ रहेका छन् ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देलले तीनै जनालाई संयुक्त रुपमा बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । बैंकले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरेको हो ।

प्रकाशित: Jul 12, 2022| 15:29 मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्