शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बजेटमा करका दर हेरफेर विवाद : छानबिन थाल्दै संसदीय विशेष समिति

बजेटमा करका दर हेरफेर विवाद : छानबिन थाल्दै संसदीय विशेष समिति

मंगलबार औपचारिक बैठक राखेर काम सुरु गरेपछि समितिलाई १० दिनभित्र प्रतिवेदन दिनुपर्ने कार्यादेश तोकिएको छ।
 |  मंगलबार, असार २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २८, २०७९

काठमाडौं– तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गराएको बात लागेपछि राजीनामा दिइसकेका छन्।

अर्थमन्त्रीबाट बजेटमा करका दर हेरफेरमा भएको घोटालाबारे छानबिन गर्न गठित विशेष संसदीय समितिले मंगलबारबाट औपचारिक काम सुरु गर्दै छ। समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले मंगलबार औपचारिक बैठक बस्ने बताए। उनका अनुसार सिंहदरबारमा बस्ने बैठकमा कार्यविधि तय गर्नेलगायतका काम हुनेछ।

समितिका सचिव सुरेन्द्र अर्यालले मंगलबारको बैठकको एजेन्डा कार्यविधि निर्माण र सभापति चयन गर्ने रहेको बताए। मंगलबार औपचारिक बैठक राखेर काम सुरु गरेपछि समितिलाई १० दिनभित्र प्रतिवेदन दिनुपर्ने कार्यादेश तोकिएको छ।

संसदीय विशेष समितिमा सांसद खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, पुष्पा भुसाल, सीताराम महतो र सुरेन्द्र यादव रहेका छन्।

करको दर हेरफेर प्रकरणमा मुछिएपछि अर्थमन्त्री शर्माले २२ असारमा राजीनामा दिएका थिए। राजनीतिक शीर्ष नेतृत्वमा सहमति जुटेपछि बजेट निर्माण गर्दा भएका घटनाबारे सत्यतथ्य केलाउन संसद्ले विशेष संसदीय समिति गठन गरेको हो।

प्रकाशित: Jul 12, 2022| 12:18 मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्