बुधबार, भदौ ११, २०८२

चालू आर्थिक वर्षमा थपिए आठ क्यासिनो

होटल, रिसोर्ट, क्यासिनो र साहसिक पर्यटनसम्बन्धी विवरण २०७८ अनुसार चालू आर्थिक वर्ष थपिएकासहित देशभर क्यासिनोको संख्या २३ पुगेको विभागको तथ्यांक।
 |  मंगलबार, असार २८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार २८, २०७९

vianetvianet

काठमाडौं– पर्यटन विभागले चालू आर्थिक वर्ष २०७७/७८ मा थप आठ वटा क्यासिनो सञ्चालनमा आएको बताएको छ। विभागका अनुसार आव २०७८/७९ को हालसम्म दुई ठूला र ६ वटा साना (मिनी) क्यासिनो थपिएका हुन्।

Kumaribank

झापाको धुलाबारीमा सञ्चालनमा आएको भेगस सिटी इन्टरटेन्मेन्ट प्रालिको होटल मेची क्राउन प्लाजा (पाँचतारे डिलक्स होटल) मा २०७८ असोजदेखि क्यासिनो सञ्चालनमा आएको छ। उक्त क्यासिनो भारतीय क्यासिनो कम्पनी बिग ड्याडीले व्यवस्थापन गर्दैै आएको छ।

काठमाडौंको ठमेलमा रहेको छायादेवी कम्प्लेक्समा पनि क्यासिनो सञ्चालनमा आएको छ। होटल एलफ्टद्वारा सञ्चालित यो क्यासिनोले २०७८ मंसिरमा विभागबाट सञ्चालन अनुमति पाएको थियो।

त्यस्तै, बाँकेमा बेलिज इन्टरटेन्मेन्ट कम्पनीको होटल स्नेह प्रालि, भेन्यु रिक्रिएसन कम्पनीको होटल स्टारलाइट नीलदेवी र ओम त्रयम्बकम् इन्टरटेन्मेन्ट कम्पनीको कल्पतरु होटल एन्ड कौशिकी बैंक्वेटमा मिनी क्यासिनो सञ्चालनमा आएका छन्। 

भैरहवाको सिद्धार्थ गेमिङ जोन कम्पनीको होटल नान्स परिसर, नेपालगञ्जको सेपियर इन्टरटेन्मेन्ट टेक्नोलोजी कम्पनीको होटल सिटी प्यालेस र पर्साको गोल्डेन फिंगर गेमिङ जोन कम्पनीको हिमाल वाटर पार्क एन्ड भिलेजमा पनि मिनी क्यासिनो सञ्चालनमा आएको विभागले जनाएको छ।

Metro Mart

विभागले सार्वजनिक गरेको होटल, रिसोर्ट, क्यासिनो र साहसिक पर्यटनसम्बन्धी विवरण २०७८ अनुसार चालू आर्थिक वर्ष थपिएकासहित देशभर क्यासिनोको संख्या २३ पुगेको छ। यसमध्ये १० ठूला र बाँकी मिनी क्यासिनो हुन्।

पाँचतारे डिलक्स एक र पाँचतारे होटल १७ गरी नेपालमा पाँचतारे होटलको संख्या १८ पुगेको छ। त्यसमध्ये झापाको धुलाबारीमा सञ्चालनमा आएको भेगस सिटी इन्टरटेन्मेन्ट प्रालिको होटल मेची क्राउन प्लाजा होटल पाँचतारे डिलक्स स्तर वर्गीकरणमा सूचीकृत भएको छ।

विभागले गरेको वर्गीकरणअनुसार पाँचतारे स्तरका होटलमा २ हजार ७७६ वटा कोठा छन्। यी होटलमा चार हजार १६० शय्या रहेका छन्। यी होटलले ३ हजार ८६८ जनालाई प्रत्यक्ष रोजगारी दिइरहेका छन्। विभागको वर्गीकरणमा देशभर चारतारे होटलको संख्या २७, तीनतारे होटल ३४, दुईतारे ४३, एकतारे ३७, हेरिटेज एवं बुटिक चार, लक्जरी रिसोर्ट दुई र साधारण रिसोर्टमा १०९ वर्गीकृत भएका छन्।

प्रकाशित: Jul 12, 2022| 12:01 मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्