काठमाडौं– भिभोले हालै वाई सिरिजअन्तर्गत वाई५५ स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ। क्यामेरा, ब्याट्री, एपिरियन्स र कार्यसम्पादन लगायतका सबै आवश्यकताहरू सस्तो मूल्यमा पाउन सक्ने मोबाइल फोनको खोजीमा रहेकालाई ध्यानमा राख्दै बजारमा यो फोन भित्र्याइएको हो।
वाई सिरिज युवाकेन्द्रित फेसनशील तथा उत्कृष्ट फोनको चाहना राख्ने व्यक्तिहरुका लागि डिजाइन गरिएको हो। वाई५५ मा फेशनेबल डिजाइनमा रहेको छ। यसका साथै यसमा फ्ल्यागशिप स्मार्टफोनहरु जस्तै विशेषताहरू छन्।
वाई५५ले कम्पनीको विश्व प्रसिद्ध फ्युचरिस्टिक र डिजाइन प्रदान गर्दै प्रयोगकर्ताको हरेक माग पूरा गर्ने बताइएको छ। वाई५५ मा ५००० एमएएच ब्याट्री छ जसले गर्दा फोन दिनभर निर्बोध रूपमा चलिरहन्छ। उत्कृष्ट प्रदर्शन र सुविधाहरू मात्र नभएर लामो समयसम्म ब्याट्री टिक्ने स्मार्टफोन खोज्ने व्यक्तिहरूकोलागि यो उपकरण उत्तम विकल्प हुनसक्छ। कम ब्याट्रीले सिर्जना हुने अवरोधहरुलाई यस फोनको ५००० एमएएच ब्याट्रीले समाधान गर्दछ र गेमिङ, स्ट्रिमिङ लगायत दैनिक कार्यहरू निर्धक्क भएर गर्न सकिनेछ । यसमा भएको ४४ वाट फ्ल्यासचार्ज फोनको सान्दर्भिकता थप्छ । फ्ल्यासचार्जले फोनलाई धेरै छोटो अवधिमा चार्ज गर्नेछ, र ब्याट्री दिनभर मज्जाले टिक्छ ।
क्वालकम स्न्याड्रेगन ६८० ६एनएम प्रोसेसर मार्फत वाई५५ ले शक्तिशाली प्रदर्शन सुनिश्चित गर्दछ । यस प्रोसेसरको साथ, गेमिङ, स्ट्रिमिङ वा काम लगायत सबै कार्यहरू सहज, थप सुव्यवस्थित र छिटो हुन्छ । र, बहु–कार्यहरु गर्न पनि सजिलो बनाउँछ । यसबाहेक, उपकरणमा एक्सटेन्डेड र्याम २।० छ जसले सफ्टवेयरको स्टार्ट–अप गति सुधार गर्दछ र एकै समयमा धेरै अनुप्रयोगहरू चलाउन समर्थन गर्दछ । साथै, यसलाई उपयुक्त बनाउन स्मार्टफोनमा भएको ८जीबी र्यामलाई अझ ४जीबी सम्म थप्न सकिन्छ । यसको साथै भिभोले इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर प्रयोग गरेको छ । यो इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानरले समग्र एपिरियन्सलाई लाई बढाउँछ ।
वाई५५ मा ५०एमपी रियर क्यामेरा छ र यसमा धेरै क्षमताहरू छन् जसमार्फत ग्राहकहरूले आफ्नो चाहनाअनुसार जुनकुनै बेला उत्कृष्ट फोटो खिच्न सक्छन् । डबल एक्सपोजरबाट प्रयोगकर्ताहरूले छुट्टै दृश्यहरू, एक्सपोजरका दुई तहहरू, वा दुईवटा फोटोहरू संयोजन गर्न सकिनेछ। अल्ट्रा–स्टेबल भिडियोले वाई५५ मा ईआईएस मानक स्थिरीकरण एल्गोरिदमसँग जाइरोस्कोप संयोजन गर्दछ र परिणामस्वरूप स्थिर र स्पष्ट छविहरू दिन्छ ।
वाई५५ मा १६एमपी फ्रन्ट क्यामेरा छ जसले सेल्फी अनुभवलाई एकदमै नयाँ बनाउँछ । सुपर नाइट मोड र औरा स्क्रिन लाइट जस्ता सुविधाहरूले प्रयोगकर्ताको अनुहारलाई उज्यालो बनाएर मधुरो प्रकाश अवस्थामा सेल्फ–पोट्र्रेटहरूलाई धेरै सुधार गर्दछ।