आइतबार, असार ७, २०८३

एनसेलले ल्यायो आकर्षक ‘डबल मजा प्याक’

एनसेल आजियाटा लिमिटेडले बिहीबार एक नौलो र आकर्षक डेटा अफर ‘डबल मजा प्याक’ ल्याएको जनाएको छ।
 |  मंगलबार, असार २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २८, २०७९

काठमाडौं- एनसेल आजियाटा लिमिटेडले बिहीबार एक नौलो र आकर्षक डेटा अफर ‘डबल मजा प्याक’ ल्याएको जनाएको छ। यस अफरले ग्राहकलाई रु १२५ पर्ने डेटा प्याक पुनः खरिद गरि आफ्नो डेटा भोल्युम दोब्बर बनाउँदै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन प्रोत्साहन गर्दछ।

National life

यसको मतलब यदि ग्राहकहरुले ७ दिनको समयसीमा रहेको ५ जीबी डेटा कर सहित रु १२५ मा खरिद गर्छन् र प्याकको समयसीमा सकिनु भन्दा पहिले नै सो प्याक पुनः खरिद गर्दछन् भने उही शुल्कमा अब ५ जीबीको सट्टामा १० जीबी डेटा प्राप्त गर्नेछन् । यो अफर असार २४ गते शुक्रबारबाट संचालनमा आउनेछ। 

समयावधि सकिनु अघिनै नयाँ प्याक लिएमा डेटा भोल्युम र समयावधि दुवै सोही अनुसार थपिँदै जाने यस अफरको विषेशता हो  उदाहरणका लागि यदि कुनै ग्राहकले प्याक खरिद गरेको तीन दिनपछि सोही प्याक पुन खरिद गरेमा नयाँ १० जीबी उसको बाँकी डेटा भोल्युममा जोडिन्छ र समयसीमा पनि बाँकी रहेको ४ दिन सहित ११ दिन हुन्छ। प्याक आवश्यकता अनुसार जति पटक पनि पुनः खरिद गर्न सकिने छ भने कुल अधिकतम समयसीमा २८ दिन रहने छ ।

एनसेलका ग्राहकले एस्ट्रिक१७१२३एस्ट्रिक्स२२ह्यास डायल गरि यो प्याक सजिलै सुचारु गर्न सक्छन् । ग्राहकले एनसेल एप, एनसेलको वेभसाइट र इसेवा, खल्ती, आइएमइपे जस्ता वालेटबाट पनि यो प्याक खरिद गर्न सक्छन् । 

यो अफर अन्तर्गत ल्याइएको प्याकले सुलभ दरमा डेटा सेवाको पहुँच प्रदान गदै ग्राहकलाई मूल्य प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ । ग्राहकले यस अफर अन्तर्गत एनसेलको डेटा सेवाको फाइदा जहाँ र जहिले पनि लिन सक्नेछन्।  

Shivam cement

प्रकाशित: Jul 12, 2022| 10:56 मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्