शुक्रबार, मंसिर २२, २०८०

प्रदेश १ : एकै दिनमा ३ अर्ब ६० करोड खर्च

चालु आर्थिक वर्षको भुक्तानी दिने अन्तिम दिन असार २५ गते प्रदेश सरकारले ३ अर्ब ६० करोड ८३ लाख रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ।
 |  मंगलबार, असार २८, २०७९
averest bankaverest bank

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

मंगलबार, असार २८, २०७९

विराटनगर- प्रदेश १ सरकारले एकै दिन साढे ३ अर्ब बढी खर्च गरेको छ। चालु आर्थिक वर्षको भुक्तानी दिने अन्तिम दिन असार २५ गते प्रदेश सरकारले ३ अर्ब ६० करोड ८३ लाख रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ। 

sagarmatha cement

कार्यालयका अनुसार प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा पुँजीगत तर्फ ८९ दशमलव ८१ प्रतिशत खर्च भएको छ। पुँजीगत तर्फ विनियोजित १८ अर्ब ७६ करोड ८ लाख ७५ हजार मध्ये १६ अर्ब ८४ करोड ८४ लाख ५० हजार खर्च भएको हो। 

प्रदेश सरकारले चालु तर्फ ८४ दशमलव १५ प्रतिशत खर्च गरेको छ। चालु तर्फको १५ अर्ब ९६ करोड ९९ लाख ७८ हजारमा १३ अर्ब ४३ करोड ८३ लाख खर्च भएको छ।  

प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षको असारमा २३ दशमलव २२ प्रतिशत खर्च गरेको थियो। अघिल्लो आ.व. को ४३ अर्ब ४० करोड ८५ लाख ५० हजार कुल बजेट मध्ये असारमा १० अर्ब ७ करोड ८२ लाख १७ हजार खर्च भएको लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी ऋषि खनालले बताए। उनका अनुसार आ.व. २०७७/७८ मा कुल बजेटको ६४ दशमलव ३९ प्रतिशत खर्च भएको थियो। 

पछिल्लो एक महिनामा मात्रै सरकारले ११ अर्ब ८१ करोड ४४ लाख ८२ हजार १६६ रुपैयाँ खर्च गरेको छ। जेठ १५ देखि असार २५ गतेसम्म ११ अर्ब ८१ करोड ४४ लाख ८२ हजार १६६ रुपैयाँ खर्च गरेको छ। सरकारले एक महिनामा कुल बजेटको ३४ प्रतिशत खर्च गरेको छ। असार महिनामा चालूभन्दा पुँजीगत खर्च धेरै भएको छ। पुँजीगततर्फ जेठ १५ गतेसम्म ९ अर्ब २४ करोड ४९ लाख २४ हजार २७८ रुपैयाँ खर्च भएको थियो। 

Metro Mart
worldlink

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले चालु आर्थिक वर्षमा प्रदेश सरकारको खर्च प्रतिशत मुलुककै उत्कृष्ट भएको बताएका छन्। उनले भने,‘ यो प्रगति संभवत बजेट इतिहासमै उत्कृष्ट हो। अन्य प्रदेश र  नेपाल सरकारको दाँजोमा त उत्कृष्ट नै हो।’ 

चालु आर्थिक वर्षमा मन्त्रालयगत रूपमा आर्थिक मामिला तथा योजना मन्त्रालयले सबैभन्दा बढी ९८ प्रतिशत खर्च गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबैभन्दा कम ४१ प्रतिशत खर्च गरेको छ। 

खानेपानी, सिंचाइ तथा ऊर्जाले ९२.१२, सामाजिक विकास मन्त्रालयले ८२.६३, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले ८१.२२, कृषि मन्त्रालयले ८०.४७, वन, वातावरण तथा भूसंरक्षणले ७७.६७ प्रतिशत, यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयले ७५.७९, आन्तरिक मामिला तथा कानुनले ७३.३४ प्रतिशत, उद्योग श्रम तथा रोजगार मन्त्रालयले ७१.६०, पर्यटन तथा संस्कृति मन्त्रालयले ६५.४५, सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ६२.५९ र स्वास्थ्य मन्त्रालयले ५३.१६ प्रतिशत बजेट खर्च गरेको लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी खनालले बताए।

चालु आर्थिक वर्षका लागि प्रदेश सरकारको बजेट ३४ अर्ब ७६ करोड ८ लाख ५३ हजार थियो।  ३२ अर्ब ४५ करोड ९१ लाखको प्रदेश सरकारको बजेटमा संघीय सरकारको सशर्त अनुदान थपिएपछि बजेटको आकार बढेको थियो।

प्रकाशित: Jul 12, 2022| 07:33 मंगलबार, असार २८, २०७९
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।