आइतबार, असार ७, २०८३

रसुवागढीको शेयर साउन १० सम्म भर्न पाइने

रसुवागढी हाइड्रोपावरले रसुवाका बासिन्दाका लागि बिक्री खुला गरिएको शेयरको माग फाराम भर्ने म्याद थप गरेको छ। यही असार १३ गतेदेखि सुरू भएको शेयर भर्ने म्याद आजदेखि सकिएको र शुक्रबारसम्मको तथ्याङ्कले शेयर खरिद गर्ने रसुवाली नागरिकको सङ्ख्या अत्यन्तै न्यून देखेपछि हाइड्रोपावरले आगामी साउन १० गतेसम्म शेयरको फाराम भर्ने म्याद थप गरेको हो।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

रसुवागढी- रसुवागढी हाइड्रोपावरले रसुवाका बासिन्दाका लागि बिक्री खुला गरिएको शेयरको माग फाराम भर्ने म्याद थप गरेको छ। यही असार १३ गतेदेखि सुरू भएको शेयर भर्ने म्याद आजदेखि सकिएको र शुक्रबारसम्मको तथ्याङ्कले शेयर खरिद गर्ने रसुवाली नागरिकको सङ्ख्या अत्यन्तै न्यून देखेपछि हाइड्रोपावरले आगामी साउन १० गतेसम्म शेयरको फाराम भर्ने म्याद थप गरेको हो।

National life

स्वदेशी पुँजी तथा प्राविधिकको सक्रियतामा पूर्वाधार संरचना निर्माण भई उपकरण जडान प्रक्रियामा अगाडि बढिसकेको रसुवागढी हाइड्रोपावर कम्पनीले रसुवाली नागरिकलाई ६८ लाख ४२ हजार १०० कित्ता शेयर छुट्याएको छ। गत शुक्रबारसम्म करिब आठ हजार व्यक्तिले मात्र आवेदन दिएका कारण आगामी साउन १० गतेसम्म शेयर बिक्री समयावधि थप गरिएको रसुवागढी हाइड्रो कम्पनीका प्रबन्ध निर्देशक छवि गैरेले बताए।

शेयर भर्नका लागि करिब ४५ हजार नागरिक योग्य रहेको बताउँदै रसुवागढी हाइड्रोपावरले भनेको छ कुनै पनि रसुवाली नागरिक शेयर भर्नबाट नछुटुन् र नदोहोरिउन् भन्ने अपेक्षा राख्दै शेयर खरिद कार्यमा सहभागी भइदिन कम्पनीले अनुरोध गरेको छ।

जागिरमा कार्यरत रही सञ्चयकोषमा सञ्चयकर्ताको हिसाबले यसभन्दा अगाडि शेयर फाराम भरिसकेका रसुवाली नागरिकले दोहोरो हुनेगरी आवेदन पेश नगर्न अनुरोध गरिएको छ। दोहोरो भर्न नपाइने  र भरेको पाइएमा रद्द हुनेसमेत रसुवागढी हाइड्रोले स्पष्ट पारेको छ। अनेत्र जिल्लाबाट विसं २०६८ साउन १७ गते अगाडि रसुवामा बसाइँ सरी आएका नागरिकको हकमा बसाइँसराइको प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने प्रावधान राखिएको बताइएको छ। 

विसं २०६८ यताको हकमा भने बसाइँसराइको प्रमाणपत्रका साथै रसुवाको कुन स्थानमा आएर बसोबास गरेको हो त्यस स्थानमा घर हुनुपर्ने, घरमा विद्युत् मिटर जडान भएको कम्युटर बिल, बालबालिका विद्यालय भर्ना एवं पानी धाराको शुल्क बुझाएको बिलका साथै सम्बन्धित वडा कार्यालयले शेयर भर्नका लागि योग्य हो  भनी गरिदिएको सिफारिसका आधारमा मात्र शेयर कित्ता स्वीकृत हुने उक्त हाइड्रोपावरले जनाएको छ।

Shivam cement

प्रकाशित: Jul 11, 2022| 23:15 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्