शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सेवातर्फको घाटा १ खर्ब नजिक, वैदेशिक शिक्षामा मात्रै बाहिरियो ६० अर्ब रुपैयाँ

सेवातर्फको घाटा १ खर्ब नजिक, वैदेशिक शिक्षामा मात्रै बाहिरियो ६० अर्ब रुपैयाँ

नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकले सेवातर्फको घाटा उच्च हुँदै गएको देखाएको छ। चालु आर्थिक वर्षको ११ महिनामा खुद सेवा घाटा ९९ अर्ब ९३ करोड पुगेको देखाएको छ। गत वर्षको यसै अवधिमा यस्तो घाटा ६३ अर्ब ८९ करोड रहेको थियो।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकले सेवातर्फको घाटा उच्च हुँदै गएको देखाएको छ। चालु आर्थिक वर्षको ११ महिनामा खुद सेवा घाटा ९९ अर्ब ९३ करोड पुगेको देखाएको छ। गत वर्षको यसै अवधिमा यस्तो घाटा ६३ अर्ब ८९ करोड रहेको थियो। 

पर्यटन क्षेत्र र यसबाट प्राप्त हुने आम्दानीमा सुधार हुँदै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। समीक्षा अवधिमा भ्रमण आय २८१।३ प्रतिशतले बृद्धि भएको छ। यस अवधिमा यस क्षेत्रबाट २५ अर्ब ५२ करोड आम्दानी प्राप्त भएको छ। 

यसैगरी भ्रमण व्यय पनि निकै उच्चरुपमा बढेको छ। चालु आर्थिक वर्षकव ११ महिनामा भ्रमण व्यय १७०।८ प्रतिशतले बढेर ८३ अर्ब ३७ करोड पुगेको छ। जसमध्ये उच्च शिक्षा अध्ययनका लागि भएको खर्च सबैभन्दा बढी रहेको छ।

नेपालले ११ महिनामा शिक्षाका लागि मात्रै ५९ अर्ब ९९ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा विदेश पठाएको छ। गत वर्ष यसै अवधिमा भ्रमण व्यय ३० अर्ब ७९ करोड रहेकोमा शिक्षातर्फ २३ अर्ब ४५ करोड रुपैयाँ मात्रै खर्च भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

प्रकाशित: Jul 11, 2022| 18:44 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्