शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ११ महिनामा ९ खर्ब ४ अर्ब रेमिट्यान्स भित्रियो, रोजगारीमा जाने पनि बढे

११ महिनामा ९ खर्ब ४ अर्ब रेमिट्यान्स भित्रियो, रोजगारीमा जाने पनि बढे

चालू आर्थिक वर्षको ११ महिनामा नेपाल भित्रिने रेमिट्यान्स ३.८ प्रतिशतले वृद्धि भएको छ।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

काठमाडौं– चालू आर्थिक वर्षको ११ महिनामा नेपाल भित्रिने रेमिट्यान्स ३.८ प्रतिशतले वृद्धि भएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार ११ महिनामा ९ खर्ब ४ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १२.६ प्रतिशतले बढेको थियो। 

त्यस्तै यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३ लाख १३ हजार ३६७ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८ प्रतिशतले घटेको थियो। 

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या यो अवधिमा २०८.३ प्रतिशतले वृद्धि भई २ लाख ५९ हजार ९१ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५२.१ प्रतिशतले घटेको थियो। 

कुन महिनामा कति रेमिट्यान्स ?


 

प्रकाशित: Jul 11, 2022| 17:15 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्