आइतबार, असार ७, २०८३

मुद्रास्फीति ८.५६ प्रतिशत पुग्यो

सरकारले चालू आवको बजेटमार्फत मुद्रास्फीति ६.५ प्रतिशतभित्र कायम राख्ने लक्ष्य राखे पनि राष्ट्र बैंकको तथ्यांकमा ८.५६ प्रतिशत पुगेको देखाएको छ।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष ११ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै मुद्रास्फीति सरकारको लक्ष्यभन्दा २ प्रतिशत बिन्दुले माथि पुगेको देखाएको छ।

National life

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत मुद्रास्फीति ६.५ प्रतिशतभित्र कायम राख्ने लक्ष्य राखेको थियो। तर राष्ट्र बैंकको तथ्यांकले उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत पुगेको देखाएको छ।

गत वर्षको सोही अवधिमा मुद्रास्फीति ४.१९ प्रतिशत थियो। समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४३ प्रतिशत र गैरखाद्य तथा सेवाको मुद्रास्फीति ९.४४ प्रतिशत पुगेको छ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल समूहको २२.६ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डा समूहको ११.२२ प्रतिशत, सुर्तीजन्य पदार्थ समूहको ९.७० प्रतिशत, मदिराजन्य समूहको ९.६८ प्रतिशत र दाल तथा गेडागुडी समूहको ९.१३ प्रतिशतले मूल्यवृद्धि भएको राष्ट्र बैंकले जनाएको छ। 

गैरखाद्य तथा सेवाअन्तर्गत यातायातको मुद्रास्फीति सबैभन्दा धेरै २५.७९ प्रतिशतले भएको छ। यसैगरी शिक्षा क्षेत्रमा ११.६४ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ८.३० प्रतिशत, मनोरञ्जन तथा संस्कृति ८.२१ प्रतिशत र घरायसी उपभोगका वस्तुमा ७.८४ प्रतिशतले मुद्रास्फीति भएको छ।

Shivam cement

जेठमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १४.७७ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ९ प्रतिशत मात्रै रहेको थियो। समीक्षा अवधिमा उपभोग्य वस्तुको मुद्रास्फीति १५.८४, मध्यवर्ती वस्तुको १५.३४ प्रतिशत र पुँजीगत थोक मूल्यवृद्धि ७.८३ प्रतिशत रहेको छ। समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २५.२५ प्रतिशत पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

प्रकाशित: Jul 11, 2022| 17:13 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्